यस्तो छ जीवन जिउने कला
मानिस अचम्मको प्राणी हो, जीवन यापनका क्रममा एउटा इच्छ पुरा गर्ने मरिहत्ते गर्दछ। जब उक्त इच्छा पुरा हुन्छ,अर्को इच्छा जन्माउँछ,त्यसलाई प्राप्त गर्ने त्यस्तै सकस गर्दछ दुःख गर्दछ र बाचुन्जले यस्तै चक्रमा जकडिएर इहलिला समाप्त गर्दछ। इच्छा पुरा गर्यो तर सुखी कहिल्यै हुन सकेन् । श्रीसम्पती पनि जोड्यो तर रमाउन सकेन् र केही इच्छा मनमै साँचेर धर्ति छोड्छ। र धार्मिक शास्त्र अनुसार अतृप्त मन लिएर अर्को जन्म लिन्छ र यसैगरि सांसारिक दुःखको भवसागरमा फस्दछ । जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सख र सुविधाकको बिचमै रहेर दुःखी जिवन जिउन अभिशप्त हुन्छ। त्यतिमात्र कहा हो र रु मानिस अरुको सुःख देखेर पनि दुःखी हुन थाल्दछ र त्यही पिडामा जलेर जीवन नर्क बनाउँछ। मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सरल उपाय बताइएको छ। साना देखी ठुला दुःखबाट मानिसलाइ उन्मुक्ति दिन हिन्दुहरुको महान धर्मग्रन्थ गितामा विशेष तर सरल सुत्र बताइएको छ। गिताको सुत्रलाइ जीवनमा उतार्नसकेको खण्डमा मानिस सधै सुखी रहन सक्दछ। श्रीमदभागवत गीतामा लेखिएको छ संतुष्टस् सततम्-अर्थात सधै सन्तुष्ट रहौं संतुष्टो येन केनचित् - अर्थात जुसरी पनि सन्तोष गरौ निचोड भनेको सुखको एउटै सजिलो मन्त्र सन्तोष रहनु हो। असन्तोष दुःखको कारण हो।
Post a Comment