काठमाडौ, २९ असार। नेपाली कलाकौशल संस्कृति, नाट्य- संगीत, भाषा र साहित्यको माध्यमबाट विश्वमा नेपाल र नेपालीको पहिचान गराउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउने हुने व्यक्तित्वहरुलाई सरकारले राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कारले सम्मान गरेको छ।
शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहकाबीच मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको उपस्थितिमा राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गरिएको हो।
राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत चार विधामा ४ जनालाई एक एक लाख राशीको पुरस्कार प्रदान गरियो। साथै राष्ट्रिय प्रतिभा पुरस्कारको चार वटा विधामा पाँच विकास क्षेत्रका प्रत्येक विधामा एक एक जना गरी २० जना श्रष्टाहरुलाई ५० हजार पुरस्कार राशीको क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरिएको हो।
राष्ट्रिय प्रतिभा पुरस्कार अन्तर्गत संस्कृति विधातर्फ प्रा. डा.डिल्लीराज शर्मा, नाट्य तथा संगीत विधामा खुशीराम पाख्रीन, ललितकला तर्फ लोक बहादुर चित्रकार, भाषा तथा साहित्य तर्फ प्रा. मोहनराज शर्मालाई पुरस्कार प्रदान गरिएको छ।
यसैगरी क्षेत्रीय प्रतिभा पुरस्कार अन्तर्गत संस्कृति विधातर्फ पूर्वाञ्चल विकास क्षेत्रबाट फनिलाल चौधरी, मध्यमाञ्चल विकास क्षेत्रबाट प्रा.डा. टेक बहादुर श्रेष्ठ, पश्चिमाञ्चलबाट विकास क्षेत्रबाट थारु जनकवि बम बहादुर थारु र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रबाट बासुदेव पाण्डेयलाई पुरस्कार प्रदान गरिएको छ।
यसैगरी नाट्य तथा संगीत विधातर्फ पूर्वाञ्चल विकास क्षेत्रबाट शान्तिराम राई(प्राज्ञ, संगीतकार, गायक, लेखक), मध्यमाञ्चल विकास क्षेत्रबाट डा. बेनी जंगम रावल, पश्चिमाञ्चलबाट विकास क्षेत्रबाट नारायण रायमाझी, मध्य- पश्चिमात्र्चल विकास क्षेत्रबाट लिलावती डाँगी बुढा र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रबाट रेशमलाल चौधरीलाई पुरस्कार प्रदान गरिएको छ।
यस्तै ललितकला विधा अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रबाट योगेन्द्र कुमार लिम्बु, मध्यमाञ्चल विकास क्षेत्रबाट चन्द्र श्रेष्ठ, पश्चिमाञ्चल विकास क्षेत्रबाट भुवन थापा, मध्य पश्चिमाञ्चल विकास क्षेत्रबाट खगेश्वर भण्डारी र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रबाट केपी शालाई पुरस्कार प्रदान गरिएको छ।
यसका साथै भाषा साहित्य विधा अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रबाट पुनम क्षेत्री, मध्यमाञ्चल विकास क्षेत्रबाट राम कुमार श्रेष्ठ, पश्चिमाञ्चल विकास क्षेत्रबाट ठाकुर प्रसाद बेलबासे, मध्य पश्चिमाञ्चल विकास क्षेत्रबाट मो. असफाक जसगढ ‘ताविश संघर्ष’ र सुदूर पश्चिमाञ्चलबाट पुष्करराज भट्टलाई पुरस्कार प्रदान गरिएको छ।

Post a Comment