news and more entertainment

शल्यक्रियापछी चिकित्सकले बिरामीलाई यसरी कुटे

doctor-beats-patient
एजेन्सी । एक अनुभवी चिकित्सकले आईसियुमा सुतिरहेको एक मुटु रोगीलाई कुटेका छन् । केहीबेर अगाडि मात्र शल्यक्रिया गरिएका ती बिरामीलाई चिकित्सकले कुटेपछी ती बिरामीको केहीबेरमा ज्यान गएको थियो । यो घटनालाई आईसियूमा रहेको क्यामराले कैद गरेको थियो र सोही भिडियो फुटेजबाट चिकित्सकले बिरामीलाई कुटेको कुरा सार्वजनिक भएको थियो । घटनापछी प्रहरीले ती चिकित्सकलाई नियन्त्रणमा लिएका छन् । चिकित्सकले आफू २४ घण्टा लगातार काम गर्दा निकै थाकेको र बिरामीले आफूलाई नानाथरी भनेपछी आफुले आफूलाई सम्हाल्न नसक्दा यस्तो घटना भएको बयान प्रहरीसामू दिएका छन् । उनले आफूले लगातार २४ घण्टाको काम पश्चात् आफ्ना साथीहरूका साथ बिरामीको अवस्थाबारे जानकारी लिन पुगेको र उक्त समयमा बिरामीले खराब शब्दहरूले आफुलाई गाली गर्ने र बोलाउने गरेपछी आफूले नियन्त्रण गुमाएको र कुटेको बयानका क्रममा बताएका छन् । तर, भिडियो फुटेजमा भने अन्य कोहि पनि सहकर्मी उनका साथमा नभएको देखिन्छ । यो घटना गत फ्रेबुअरी २ मा रूसमा घटेको घटना हो । केही समयपछी भिडियो फुटेजमा हे्र्दा मात्र चिकित्सकले कुटेको थाहा भएको थियो । उक्त घटनाका क्रममा चिकित्सक र बिरामीबीच कुराकानी भएको देखिएको छ भने केहीबेरको कुराकानी पछी चिकित्सकले बिरामीको मुखमा र छातीमा हिर्काएको देखिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget