दुखाइ कम गर्ने औषधिको सेवन गर्ने पुरुषमा यौनिक समस्या देखिने
नियमित रुपमा दुखाइ कम गर्ने औषधि (पेन किलर) खाने पुरुषमा यौनिक समस्या देखिने सम्भावना अत्यधिक रहने र त्यस्ता पुरुषमा लिंग उत्तेजित हुनमा समस्या पैदा हुने पछिल्लो अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार पेनकिलर खाने पुरुषमा उत्तेजनाको गडबडी अर्थात् इरेक्टाइल डिस्फङ्सनको समस्या बढ्ता हुने गरेको छ । स्पाइन नामक जर्नलमा छापिएको खबर अनुसार कम्तिमा ४ महिनासम्म उच्च डोजमा ओपिओइड्स पेनकिलर खाएका पुरुषमध्ये १९ प्रतिशतमा यस्तो उत्तेजनाको समस्या देखिएको छ । यस्तो पेनकिलर नखाने केवल ७ प्रतिशतमा मात्र यौन उत्तेजनाको समस्या भेटिएको शोधकर्ताहरुको भनाइ छ । त्यसैले पेनकिलरको नियमित सेवनले यौन उत्तेजनाको गडबडीलाई ५० प्रतिशतले बढाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् । अमेरिकाको आरेगन स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयका शोधकर्ताहरुले ११ हजार जना पुरुषमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । उमेर बढ्दै जाँदा यौन उत्तेजनामा अनियमिता हुने समस्या पनि बढ्ने उनीहरुको भनाइ छ ।(एजेन्सी)
Post a Comment