२५ असार, काठमाण्डौं । भारतीय विदेशमन्त्री सल्मान खुर्सिद एक दिने भ्रमणका लागि नेपाल आउँदैछन् । ९ घण्टाका लागि मात्र नेपाल आउन लागेका खुर्सिद अगावै नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य भने चीनतिर लागेका छन् । पार्टीका उपाध्यक्ष सिपी गजुरेलसहित बैद्य सोमबार राति सवा ११ बजे चाइना साउर्दन एयरको बिमानबाट बेइजिङ गएका हुन् ।
चुनावी वातावरण तय गर्न नेपालका विभिन्न राजनीतिक दल तथा सरकारका मन्त्रीहरुसँग छलफल गर्ने खुर्सिदको कार्यक्रम तय भएपछि चुनावको विपक्षमा रहेका बैद्य चीन प्रस्तान गरेका छन् । बैद्य चीनमा तीन दिनसम्म रहने भएपनि त्यहाँ हुने भेटवार्ता र अन्य कार्यक्रमको बारेमा भने जानकारी गराईएको छैन् । अध्यक्ष बैद्य चाँडै चीनको भ्रमणमा जाने भनिएपनि मिति तय भएको थिएन । सोमबार नै चीन भ्रमणको कार्यक्रम तय भएपछि सुरक्षा निकायलाई पनि जानकारी नदिई बैद्य चीन गएका हुन् ।
प्रचण्ड आजै र्फकदै
यता एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आजै स्वदेश र्फकदै छन । श्रीमतीको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्ड भारतीय विदेशमन्त्री खुर्सिदलाई भेट्न एकदिन अघिनै र्फकन लागेको स्रोतले जनाएको छ । उनी आज मध्यान्ह काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ । यसअघि प्रचण्ड बिहीवारमात्र नेपाल र्फकने तालिका रहेको थियो । तर, खुर्सिदको भ्रमण छोटिएपछि उनलाई भेटनकै लागि प्रचण्ड आजै नेपाल र्फकन लागेको स्रोतको दावी छ ।
Post a Comment