news and more entertainment

ह्याकरहरूले एण्ड्रोइड अपरेटिङ सिष्टमको मोबाइल सजिलै ह्याक गर्न सक्ने

२४ असार, काठमाडौ । डाटाबेस सम्म ह्याकरहरूको पहुँच पुग्न थालेपछि विश्वभरका ९० करोड थानभन्दा बढी एण्ड्रोइड अपरेटिङ सिष्टम (एओएस) प्रयोग गरिएका मोबाइल जोखीममा परेका छन् । मोबाइल सेक्युरिटी कम्पनी ब्लुबक्सले हालै सार्वजनिक गरेको एक अध्ययनले त्यस्ता ह्याकरहरूले एण्ड्रोइड एओएसका विभिन्न डिभाइसलाई आफूखुशी नियन्त्रण राख्न सक्ने बताएको हो । यसले गर्दा ह्याकरहरूले प्रयोगकर्ताको डाटा, फाइल, पासवर्ड, क्यामेरा, फोनकल लगायत डिभाइसमा नियन्त्रण राख्न सक्ने भएका छन्,’ अध्ययनमा भनिएको छ । यो सँगै विश्वभर एण्ड्रोइडको प्रयोग गरिएका ९९ प्रतिशत मोबाइल फोनलाई प्रभाव पार्न सक्ने पनि अध्ययनले देखाएको छ । विगत ४ वर्षयता बजारमा भित्रिएका एण्ड्रोइड मोबाइलमा यस्तो जोखीम बढिरहेको छ । ह्याकरहरूले प्रयोग गर्ने ट्रोजन एप्लिकेशनले एण्ड्रोइड डिभाइसमा नियन्त्रण राख्न सक्ने पनि अध्ययनले बताएको छ । ट्रोजनलाई विश्वकै पहिलो र खतरापूर्ण भाइरसका रूपमा पनि चिनिन्छ । एण्ड्रोइड एप्लिकेशनको दर्ता र प्रमाणीकरण फितलो भएकाले पनि ह्याकरहरूले यस्तो नियन्त्रण राख्ने अध्ययनमा बताइएको छ । एण्ड्रोइड ओपन सोर्समा आधारित अपरेटिङ सिष्टम हो । samsung galaxy s ivयसको प्रयोग जो कोहीले पनि गर्न सक्छन् । त्यसैले पनि एण्ड्रोइड एप्लिकेशन प्रयोग गर्दा यसको वास्तविक स्रोतका बारेमा राम्रोसँग जानकारी लिनुपर्ने जानकी टेक्नोलोजिज प्रालिका एण्ड्रोइड एप्लिकेशन प्रमुख मनीष मोदीले बताए । उनले दिएको जानकारी अनुसार ह्याकरहरूले ठूलो उद्देश्यले नभई केवल आफूलाई शक्तिशालीका रूपमा चिनाउन यस्तो काम गर्दै आएका हुन् । ह्याकरहरूको यस्तो आक्रमणबाट सुरक्षित रहन प्रयोगकर्ताले जस्तोसुकै एप्लिकेशनको प्रयोग गर्न नहुने सफ्टवेयर इञ्जिनीयर तथा बे्रनडिजिट प्रालिका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget