news and more entertainment

नायक ऋतिक रोशनको टाउको छेडेर गरियो सल्यक्रिया अब खतरामुक्त

hritik roshanदिमागमा रगत जमेपछि अस्पताल भर्ना भएका बलिउडका चर्चित नायक ऋतिक रोशनको शल्यक्रिया सफलता पुर्व सम्पन्न भएको छ। आइतवार उनलाइ मुम्बइको हिन्दुजा अस्पतालमा ब्रेन सर्जरी गरिएको थियो। हाल उनि खतरमुक्त भईसकेका छन् भने केही दिनमा उनले अस्पताल पनि छोड्ने उनक परिवारले जनाएका छन्। तर नायक ऋतिक रोशनको शल्यक्रिया सामान्य भन्दा फरक किसिमले गरिएको थियो । दिमागको नजिकै रगत जमेको र केही सुन्निएको थाहा भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। केही समय यता ऋतिकले असामान्य व्यवहार देखाउन थालेपछि उनको एक्सरे गरेर हेर्दा टाउकोको संबेसनशिल स्थलमा रगत जमेको पत्ता लागेको थियो। नायक ऋतिकको टाउको छेडेर उपचार गरिएको थियो। ट्रिप्यानिङ भनिने प्रविधीबाट ऋ्तिकको उपचार गरेर डाक्टरहरुले उनलाइ बचाउन सफल भएका हुन्। यो प्रविधीमा बिरामीको टाउकोमा एउटा प्वाल पारिन्छ र यसका लागि ट्रिफिन नामक औजार प्रयोग गरिन्छ। प्वाल पारेपछि डाक्टरहरुले सम्वन्धित स्थलमा उपचार गर्दछन्। सुत्रका अनुसार करिव एक हप्ता अघिनै ऋतिकले शल्यक्रिया गर्ने निर्णय गरेका थिए भने त्यसयता उनि परिवारसंग समय बिताएका थिए । शल्यक्रियाको अघिल्लो दिन मात्रै ऋतिकले आफ्ना बच्चाहरुलाई यसका बारेमा बताएका थिए। ऋतिकले फेसबुकबाट पनि आफ्ना प्रशंसकहरुलाइ शल्यक्रियाको बारेमा जानकारी गराएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget