news and more entertainment

२ सय नेपाली कृषकलाई इजरायलमा तालिम

२३ असार, काठमाण्डौं । साना किसानका सन्तानले इजरायलमा तालिमको अवसर पाउने भएका छन् । साना किसान बैंकले २ सय यस्ता युवालाई १० महिने तालिमका लागि त्यहाँ पठाउन लागेको हो । मासुजन्इ र अन्य कृषि कर्जा र प्राविधिक सहायता समेत दिइरहेको बैंकले दक्षता अभिवृद्धिका लागि इजरायल पठाउन लागेको हो । ‘इजरायली सरकारबाट हाम्रो अनुरोधलाई स्वीकार गरी २ सयजना किसानका छोराछोरीलाई १०११ महिने कृषि तालिमको अवसर प्राप्त भएको छ । भविष्यमा यो संख्या वृद्धि गर्दै लगी कृषिमा आधुनिकीकरण भित्र्याउने हाम्रो अर्को लक्ष्य हो,’ बैंकका अध्यक्ष खेमबहादुर पाठकले बैंकको १२ औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा भनेका छन् । उक्त बैंकले विभिन्न चरणको अन्तर्वार्तापछि त्यहाँ जाने युवा छनोट गरिएको हो । १२ बर्षमा बैंकबाट सेवा लिने परिवारको संख्या ३ लाख ५० हजार पुगेको छ । मुलुकभरका ५ सय ६० गाविसका विपन्न तथा साना किसान परिवारले बैंकमार्फत वित्तीय र गैरवित्तीय सुविधा लिइरहेका छन् । - कान्तिपुर दैनिक
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget