काठमाडौं,१ फागुन (ओएनएस) : केन्द्रीय अनुसन्धान ब्यूरोले मकवानपुरको हेटौँडाबाट कल बाईपासमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले चलाएको अपरेशन भ्वाइसफक्सका क्रममा खटिएको प्रहरी टोलीले काठमाडौंको नयाँ बजारका ३८ वर्षीय बविन सिंह डंगोल र सिन्धुपाल्चोक जलबिरे–४ का २२ वर्षीय राज श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुलाई बुधबार हेटौडा नपा–३ विजयपथस्थित कृष्णलाल राजबाहकको घरबाट कल बाईपास गर्ने सामाग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट अबैध कल बाईपास गर्न प्रयोग हुने ८ पोर्टको तीन थान जिओआइपी ३ थान, ४ पोर्टको जिओआइपी २ थान, ल्याप्टप एक थान, सोनेरा ब्याट्री एकथान, स्मार्ट टेलिकमको सिमकार्ड एक सय ५० वटा, यूपीएस एकथान र राउटर एकथान बरामद गरेको छ ।
Post a Comment