news and more entertainment

फाल्गुन १४ देखि २३ गते सम्म ‘सातौ अन्तर्राष्टिय लोक साँस्कृतिक मेला’

काठमाडौं , १६ माघ
एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा  यहि  फाल्गुन १४ गते देखि फाल्गुन २३ गते सम्म नेपालमा ‘सातौ अन्तर्राष्टिय लोक साँस्कृतिक मेला’ हुने भएको छ ।

सो ३ सय भन्दा बढी कलाकारहरु सहभागी हुने यो मेला १० दिनसम्म चल्ने छ । मेलामा बिभिन्न ११ भन्दा बढी देशका लोक साँस्कृतीलाई प्रस्तुत गरिने छ ।

महोत्सवमा नेपाल सँगै भारत, जर्मनी, घाना, मेक्सिको, ईन्डोनेसिया, ईरान, कोरिया, श्रीलंका, ईजरायल, बंगलादेश लगायतका देशमा कलाकारहरुले आप्नो-आफ्नो संस्कृती तथा भेषभुषा प्रस्तुत गर्ने छन् ।

उक्त महोत्सव अवधीभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई  पद यात्रा (र्‍याली) गर्ने र आफ्नो लोक गीत, संगित र लोक नृत्य पस्तुत गर्ने आयोजक संस्थाले जनाएको छ ।

देशको विविध संस्कृती, पुरातत्वीक र अन्य पर्यटकिय स्थल तथा प्रकृतीको मात्र नभई विश्वसामु सम्पूर्ण नेपालकै प्रचार प्रसार गराउने उद्यश्यका साथ गर्न लागिएको महोत्सब काठमाण्डौ, हेटौडा, घादीङ, पोखरा तथा ललितपुर जस्ता पर्यटकिय क्षेत्रमा गर्र्ने आयोजक संस्थाले निकालेको विज्ञप्तिमा जनाइएको छ ।

महोत्सव (मेला)ले नेपाली सँस्कृतीको उत्थानमा तथा साँस्कृतिक पर्यटनको प्रवर्द्धनमा सघाउ पुर्याउने आयोजकले विश्वास लिएको छ ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप  नेपाली लोक संस्कृतीको संरक्षण तथा सम्बर्धन गर्ने प्रमुख लक्ष्य बोकेर १६ वर्षअघि स्थापना भएको संस्था हो ।
www.harekpal.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget