news and more entertainment

दिया र अनुपको प्रेम कहानी, नयाँ बर्षमा सुटुक्क बिहेको तयारी

करिब ६ बर्ष अगाडि एक कार्यक्रममा भेट भएका निर्देशक अनुप बराल र नायिका दिया मास्केे नयाँ बर्षमा सुटुक्क बिहे गर्ने सोचाइमा छन् । दिया र अनुप एकअर्कालाई राम्रोसँग वुझ्छन् । एउटै क्षेत्रमा काम गर्ने भएकाले पनि दिया र अनुपको सोचाई मिलेको हो ।
एक अर्कालाई आजसम्म प्रपोज नै नगरेको यो जोडीले माया केयरिङले फूल्ने कुरामा विश्वास गर्छ । एक अर्कासँग २ दिन मात्र भेट भएन भने अनुप र दिया खल्लो मान्छन् । अनुप र दियाले आजसम्म भविष्यको कुनै योजना बनाएका छैनन् ।

अनुपसँग बिहे गर्ने पक्का भएपछि दियाले परिवारमा कुरा गरेकी थिइन् । दुबैको परिवार राजी भएकाले पनि यो जोडी अब बिहेलाई धेरै पछाडि धकेल्ने सोचमा छैन । वि.सं २०७१ सालको असार-साउनमा सुटुक्क बिहे गर्ने तयारीमा छन् दिया र अनुप । प्रेम दिवसमा भने यो जोडी बन्दिपुरमा माया साट्नै नै व्यस्त छ । साप्ताहिकसँग कुरा गर्दै यो जोडीले आफ्नो प्रेमको रहस्य खोलेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget