news and more entertainment

काँग्रेसबाट को को बन्दैछन् मन्त्री ?

२८ माघ ,काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाको सपथसंगै नयाँ मन्त्रीमण्डल कस्तो हुनेछ भन्नेमा सबैको चासो बढेको छ । नेकपा एमाले सरकारमा सहभागि नभएपनि प्रधानमन्त्री कोइराला एमालेलाई केही मन्त्रालय बाकी राखेर मन्त्रीमण्डल विस्तारको सोचमा रहेको काँग्रेस  स्रोतले जनाएको छ ।
काँग्रेस भित्र मन्त्रीपदका आकाक्षी धेरै भएका कारण सभापति कोइरालालाई अफ्टयारो पर्ने देखिएको छ । संसदीय दलमा ४५ प्रतिसत हिस्सा रहेको शेरबहादुर देउवा पक्षलाइ समेत सन्तुलनमा मिलाएर मन्त्रीमण्डल विस्तार हुने काँग्रेस स्रोतले जनाएको छ । महामन्त्रीद्धय प्रकाशमन सिंह र कृष्ण सिटौला केन्द्रीय सदस्यहरु अर्जुननंसिह केसी, सुजाता कोइराला, गगन थापा, डा नारायण खड्का, मीनेन्द्र रिजाल लगायत सरकारमा जान आकाक्षी देखिएका छन् ।
यी मध्ये प्रकाशमान सिंह र गगन थापा सरकारमा जाने निश्चित जस्तै रहेको काँग्रेस स्रोतले जनायो । देउवा पक्षवाट सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य बिमलेन्द्र निधि, प्रकाशशरण महत लगायत मन्त्री बन्ने चर्चा छ । सभापति कोइरालाले संविधानसभा निर्वाचनमा लगातार दुइपटक निर्वाचित रामकृष्ण यादव र जनजाती सभासद धनराज गुरुङलाई समेत सरकारमा ल्याउने संभावना छ । रामचन्द्र पौडेलले केन्द्रीय सदस्य चन्द्र भण्डारीलाई मन्त्री बनाउन प्रस्ताव गरेको बताइन्छ ।
काठमाडौ उपत्यकाबाट केन्द्रीय सदस्य नवीन्द्रराज जोशी सरकारमा जाने प्राय निश्चित रहेको काँग्रेस स्रोतले बतायो । सुजाता कोइराला पनि सरकारमा जान इच्छुक देखिएकी छन् । काँग्रेसले अर्थमन्त्रालय लिएको खण्डमा महेश आचार्य वा डा नारायण खड्काको पनि चर्चा छ । आचार्य पूर्व अर्थमन्त्री हुन भने खड्का राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget