
आएको छु। मलाई अहिले आफ्नो लिंग पहिलेभन्दा सानोजस्तो लाग्न थालेको छ। मैले पेन्टी लगाएका कारण लिंग सानो भएको त होइन। मैले यसलाई ठूलो पार्न के गर्नुपर्छ ?
६७८९
पुरुषका भित्री पहिरन
पुरुषका भित्री पहिरनमा अहिले धेरै नै विविधता पाइन्छ। पहिले लँगौटी वा त्यस्तै यौनाङ्ग छोप्ने वस्त्रको प्रयोगदेखि अहिलेका विभिन्न किसिमका कट्टुसम्मको यात्रा लामो छ। अहिले आधुनिक रूपमा पाइने केही यस्ता भित्री पहिरनलाई अंग्रेजी भाषामा विभिन्न नामले चिनिन्छ। केही प्रमुख यस प्रकार छन्ः briefs, boxer briefs, trunks, boxer, thong, jockstrap, bikinis, long underwear, G-strings । त्यसैगरी महिलाका पनि विभिन्न किसिमका यौनाङ्ग तथा कटी प्रदेश छोप्ने किसिमका भित्री पहिरन उपलब्ध छन्। महिलाको भित्री पहिरनमा briefs, hipster, bikinis, tangas, thong, G-string जस्ता विविधता देखिन्छ। कतिपय देशमा त्यसलाई knickers वा undies भनिए पनि अमेरिका तथा क्यानाडामा panties भनिन्छ। तपाईंलाई महिलाले भित्री रूपमा लगाउने lingerie को विकास भएको पनि थाहै होला।
के पेन्टी लगाउँदा लिंग सानो हुन्छ ?
तपाईंले पेन्टी भनेर केलाई भन्नुभएको हो ? तपाईंले महिलाले लगाउने भित्री पहिरन भन्नुभएको हो वा पुरुषको विकिनी वा त्यस्तै आकार भएको भित्री पहिरनको कुरा गर्नुभएको हो, थाहा भएन। यस्ता भित्री पहिरनले लिंगको आकारलाई नै सानो बनाउँछ वा बढ्न दिँदैन भन्ने शंका व्यक्त गर्नुभएको छ। सामान्यतः महिलाले अहिले प्रयोग गर्ने भित्री पहिरन नरम किसिमका हुन्छन् र यौनाङ्गमा खासै दबाब दिने किसिमका हुँदैनन्। त्यसैगरी पुरुषले लगाउने आधुनिक भित्री पहिरनको स्वरूप नै यस्तो बनाइएको हुन्छ कि त्यसले लिंगमा अधिक दबाब दिँदैन। लिंगको आकारलाई यस्ता पहिरनले नकारात्मक प्रभाव पार्ने अनि त्यसमा पनि आकार लिइसकेको लिंग सानो हुने कुनै आधार छैन वा पुष्टि गर्न सकिएको छैन। यद्यपि यस्ता भित्री पहिरनको चयन गर्दा सुतीले बनेका पसिना सोच्ने, अनि आफ्नो शरीर त्यसमा पनि कम्मरको नापअनुरूप हुनुपर्छ जसले गर्दा त्यसले विशेष गरेर अण्डकोषको तापक्रमलाई उच्च नराखोस्।
लिंग ठूलो पार्न के गर्न सकिएला ?
तपाईंले लिंग सानोजस्तो लाग्यो भन्नुभए पनि नाप लेख्नुभएको छैन, न त अहिलेको, न त पहिलेको, त्यसैले सानो भयो भन्ने ठोस आधार नभएको हुन सक्छ। सानो लागेको शिथिल अवस्थामा हो वा उत्तेजित अवस्थामा भन्ने कुरा पनि थाहा भएन। कतिपयलाई लिंगको नाप सामान्य नै भए पनि सानोजस्तो लाग्न सक्छ र त्यसका बारेमा पीर-चिन्ता पनि हुन्छ। यस्तो अवस्थालाई हामी small penis syndrome भन्छौं। लिंगको नाप सामान्य छ भने त्यसलाई ठूलो बनाउनुपर्ने कुनै आधार देखिँदैन। आवश्यकता नै नभै त्यस्तो प्रयास गर्दा फाइदाको साटो बेफाइदा हुनसक्छ। सामान्यतः उत्तेजित अवस्थामा लिंगको सालाखाला लम्बाई यस्तै १५ सेन्टिमिटर हुन्छ। धेरैजसो व्यक्तिको लिंगको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको लिंग ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ।
यी सबका बाबजुद यदि आफ्नो लिंग बढाउन चाहनुहुन्छ भने निम्न उपाय अपनाउन सक्नुहुन्छः १. कसरत तथा हातैले तन्काउने विधि ः दैनिक रूपमा पर्याप्त समय लिंग-दोहन -दुहुने) जस्तो गरी तन्काए लिंगको नाप बढ्ने दाबी गरिएको छ। २. तौल वा यन्त्रको सहायताले तन्काउने विधि ः यो कुनै वजनदार वस्तु लिंगमा झुन्डयाई वा screw-extender भएका यन्त्रले लिंगको नाप बढाउने विधि हो। कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिंगमा चोट पुग्ने कुरामा सजग हुनुपर्ने कुरामा जोड दिएका छन्। ३. पम्प प्रयोग गर्ने विधि ः दबाब कम गर्ने पम्प प्रयोग गरी लिंगमा रक्त प्रवाह बढाउने यो विधिबाट अन्य समयमा भन्दा लिंगको उत्तेजना कडा र बढी हुन्छ। यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिंगमा चोट पुग्ने सम्भावना पनि हुन्छ। ४. शल्यक्रिया ः यो विधिमा लिंगलाई अडयाउने तन्तु काट्ने, बोसो तन्तु भर्ने वा नचबात गर्ने वा अन्य वस्तु प्रत्यारोपण गर्ने जस्ता अनेक उपाय गरिन्छ। यस्तो शल्यक्रिया कुशल शल्यचिकित्सकबाट गराउनु आवश्यक छ। कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नभएको कुरा पनि छ।
समाधान के होला ?
सर्वप्रथम तपाईंलाई लिंग सानो भएको विषयमा किन चिन्ता र चासो लाग्यो पक्का गर्नुहोस्। त्यसपछि लिंग साँच्चिकै सानो भएको हो-होइन, निक्र्यौल गर्नुहोस्। लिंग एक विशेष अङ्ग हो र यसको सांकेतिक महत्त्व बढी छ। सन्तान उत्पादन गर्ने अङ्ग भएर पनि त्यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा लम्बाइलाई पुरुषको 'व्यक्तित्व' वा भनौं उसको 'पौरुषत्व' सँग जोडिएको मान्छन्। त्यसैले कतिपय व्यक्तिमा आफ्नो लिंगप्रति निकै चासो र चिन्ता हुन्छ।
यौनसाथीलाई यौन सुख दिन नसकिने हो कि भन्ने चिन्ताले सताएको छ भने के कुरा बुझ्नुहोस् भने सामान्यभन्दा सानो लिंग भए पनि यौनसम्पर्क गर्न सकिन्छ। यदि तपाईं सजिलै हस्तमैथुन गर्नसक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला। जहाँसम्म महिला यौनसाथीलाई यौन सुख प्रदान गर्ने क्षमताको कुरा छ त्यो पनि मजाले सकिन्छ। महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा हुँदैन। प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो। महिलाले यही भगांकुरकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौन आनन्द प्राप्त गर्छन्। यो भगांकुर बाहिरतिरै हुन्छ। फेरि सम्पूर्ण योनिको लम्बाइ (४ इन्च) लाई हेर्ने हो भने त्यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतयाः छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन्।
Post a Comment