काडमाडौं, १ फागुन (ओएनउस) : मलेसियाबाट अष्ट्रेलिया हिँडेका ८ युवा चार महिना देखि इण्डोनेसियाको जेलमा परेका छन् ।
रोजगारीको लागि मलेसिया गएका उनीहरु एजेण्टहरुको प्रलोभनमा परी अवैधानिक बाटो हुँदै पानीजहाजवाट अष्ट्रेलिया जाँदै गर्दा इण्डोनेसिया प्रहरीले समातेको हो । प्रहरीले सर्लाहीका सिकेन्दर यादव,सोही ठाउँका सरोज यादव, रमेश, मोरङका बुद्ध, काठमाण्डौका अविनाश पटेल, कपिलवस्तुका रविन्द्र शाह, रौतहटका उमेश प्रसाद र जनकपुरका भीमबहादुरलाई पक्राउ गरेको छ ।
उनीहरु सबैलाई इण्डोनेसियाको ताम्जुङ वलाईमा रहेको शरणार्थी क्याम्पमा राखिएको छ । मलेसियाको जोहोरबारुमा कार्यरत अवस्थामा म्यानमारकी सोनिया भन्ने एक महिला र विभिन्न नेपाली एजेण्टको सहायताले उनीहरु अष्ट्रेलिया हिँडेका थिए ।
उनीहरुले प्रति व्यक्ति चार लाख पचास हजार नेपाली रुपैयाँ बुझाएर अष्ट्रेलिया जाँदै थिए ।
Post a Comment