news and more entertainment

१९ अर्ब डलरको ह्वाट्सएप नेपालीले बनाएको, माइक्रोसफ्टका ७ भाइस प्रेसिडेन्ट नेपाली’

केही महिनाअघि मात्रै फेसबुकले १९ अर्ब डलर तिरेर किनेको ह्वाट्सएप नेपाली डेभलपरहरुले बनाएका हुन्।
प्रख्यात माइक्रोसफ्ट कम्पनीका सात जना उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) नेपाली छन्।
के तपाईँहरुलाई यो कुरा थाहा थियो ? मलाई चाहिँ थाहा थिएन। तर कान्तिपुरका साहु कैलाश सिरोहियाका सुपुत्र संभव सिरोहियाले भनेपछि कसरी नपत्याउनु ? सँगैको चित्र सिरोहियाले नेपाल बिजनेस कन्क्लेभमा प्रस्तुत गरेको प्रिजेन्टेसनको अंश हो।

कान्तिपुर डिजिटल कर्पका प्रमुख अपरेटिङ अफिसर सम्भव सिरोहिया नेपाल बिजनेस कन्क्लेभ २०१४ मा प्रस्तुति दिँदै।
फोटो साभार : इकान्तिपुर

तपाईँहरुलाई यादै होला, गएको मार्च महिनाको अन्तिम साता नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा काठमाडौँमाभएको थियो।
यही दुई दिने कार्यक्रममा त हो नि मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले पनि सम्बोधन गरेका।
नेपालमा स्थानीय र विदेशी लगानीलाई प्रवर्ध्दन गर्नुका साथै लगानीका क्षेत्रहरु पहिल्याउने उद्देश्य यो कार्यक्रमले राखेको थियो। विभिन्न देशका प्रतिनिधिहरु यसमा सहभागी भएका थिए।
यो कार्यक्रममा विभिन्न प्रिजेन्टेसन थिए। त्यसका फाइल उद्योग वाणिज्य महासंघको साइटमा रहेछ। त्यसैमा रहेको नेपाल भेन्चर प्लसको प्रिजेन्टेसनमा संभव सिरोहियाको फाइल पनि रहेको छ। कान्तिपुर डिजिटल कोर्पका सिओओ संभवको प्रिजेन्टेसन फाइलका स्लाइडहरु-
पाँचौँ स्लाइडमा रहेको तथ्य डिज्नी र पिक्सारका एनिमेसन र भिजुअल इफेक्टहरु नेपालमा आउटसोर्स गरेर बनाइन्छन् भन्ने चाहिँ मैले सुनेको थिएँ। नेपालमा यस्ता काम हुने भए पनि गर्नेहरु खुलेर हो भन्न चाहँदैनन्। ट्याक्स लगायत अन्य कानुनी लफडा हुन्छ भनेर पनि होला शायद्।
तर ह्वाट्सएप नै नेपाली डेभलपरहरुले बनाएको र माइक्रोसफ्टका सात भाइस प्रेसिडेन्ट नेपाली भन्ने जानकारी भने नौलो रह्यो मेरा लागि। यसो खोजेँ पनि इन्टरनेटतिर। खासै जानकारी पाइएन खोज्न नजानेर पो हो कि। तपाईँलाई यसबारे कुनै जानकारी छ? छ भने लेखौँ है तल कमेन्टमा। यसो गर्व गर्ने मौका पाइएको बेला गर्व गरौँ न।श्रोत माइ संसार

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget