चलचित्रको प्रदर्शनको छेकोमा नायिकाले साथ छोडेपछि ‘हँसिया’का निर्देशक मिलन चाम्स तनावमा छन् । चलचित्रकी नव-नायिका हेमा श्रेष्ठ न त वेलायतमा भएको विशेष शोमा नै सहभागी भइन्, न त मिडियामा नै प्रचारमा हिडेकी छिन् ।
निर्देशक मिलन चाम्सले आफूलाई बहिनी नफाकेको गुनासो गरे । हेमा यतिबेला दुबइको इतिहादमा एयर होस्टेज बन्न तालिम लिइरहेकी छिन् । ‘सिनेमामा पनि राम्रो काम गरिन्, तर चल्ने बेलामा चटक्कै छोडेर हिडिन्’, मिलनले गुनासो पोख्दै भने ।
उनले जीवनमा ४ वटा वहिनी बनाएको तर सबैले साथ छोडेको बताउँदै सिनेमामा बहिनीलाई नखेलाउने बताए ।
Post a Comment