१० जेठ, काठमाडौँ । नायक राजेश हमाल र मधु भट्टराईको बैबाहिक कार्यक्रम दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हलमा भइरहेको छ । 
करिब ९ बर्ष लामो निकटता पश्चात हमाल र मधुले बिहे गर्न लागेका हुन् । हमालको बिहे हिन्दु परम्परा अनुसार हुँदैछ । हमालले बिहे भोज भने जेठ १४ गते दिँदैछन् ।
हमालको बिहेमा उनका निक्कै निकटका साथीभाई र आफन्त मात्र हुनेछन् । हमालले पनि केही दिनअघि रगतका नाता भएकालाई मात्र बिहेमा बोलाउने बताएका थिए ।


बिबाहमा मिडियालाई पूर्ण रुपमा बन्देज लगाइएको छ । हमालको बिहेको तस्बिर मिडियालाई पछि मात्र उपलब्ध गराइनेछ ।
-
Post a Comment