‘कलाकारले त काम गर्ने हो, सिनेमा चल्ने र नचल्ने कुराले उसलाई खासै फरक पार्दैन’, यस्तै वुझाई थियो नायिका गरिमा पन्तको । तर अहिले उनको यो सोचाई फेरिएको छ ।
एक कार्यक्रममा भेट भएकी गरिमाले आफूले त जहिले पनि काम गरिरहेको बताइन् । उनले भनिन्, ‘मानिसको मुल्यांकन आफ्नो ठाउँमा छ । तर मैले त सधै नै काम गरिरहेको छु ।
गरिमा पन्त गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘झोला’ सफल भएपछि फेरि चर्चामा आएकी हुन् । त्यस अघि गरिमा पन्तको क्रेज घटेको र उनलाई सिने नगरीमा टिक्न धौ-धौ भएको विश्लेषण पनि गरिएका थियो । गरिमाले भनिन्, ‘मलाई त्यती बेला आफ्नो काम सही ठाउँमा नपुगेको भान हुन्थ्यो ।’
उनले कलाकारको कलाकारिता र सिनेमाको व्यापारको सम्बन्ध निक्कै रहेछ भन्ने वुझेको बताइन् । कलाकारले जती कलाकारिता गरेतापनि सिनेमा नचलेको खण्डमा त्यसको अर्थ नरहने उनले बताइन् । गरिमा यतिबेला ‘रंग बैजनी’ सिनेमाको काममा व्यस्त छिन् ।
Post a Comment