news and more entertainment

साहरुखका लागि नाच्ने दीपिकाले सलमानसँग किन मानिनन् ?

 
srk-and-dipika
नायिका दीपिका पादुकोणको चर्चा आकाशिएको छ । उनलाई लियो कि फिल्म हिट हुन्छ भन्ने बलिउडका निर्माता निर्देशकको सोचाई छ । तर दीपिका भने बलिउडका वादशाह साहरुख खानकी प्रिय छिन् । साहरुखले नै उनलाई बलिउडको बाटो देखाएका थिए । जसका कारण पनि साहरुख र दीपिकाले ३ वटा सिनेमामा काम गरिसकेका छन् । गतबर्ष साहरुखकै कारण दीपिकालाई ‘चेन्नई एक्सप्रेस’ जस्तो हिट सिनेमा पनि मिलेको थियो ।
नायिका पादुकोणले बलिउडका अर्का हटकेक हिरो सलमान खानसँग काम गरेकी छैनन् । सलमानको नयाँ चलचित्र ‘किक’मा दीपिकाले आइटम डान्स गर्ने चर्चा पनि चलेको थियो । सलमानले नै दीपिकालाई आइटमका लागि प्रस्ताव गरेका थिए ।
तर साहरुख खानसँग नजिक रहेकी दीपिकाले यो प्रस्तावलाई अस्विकार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । साहरुखसँग हाल उनी ‘ह्याप्पी न्यू ईयर’मा काम गरिरहेकी छिन् । यो सिनेमामा दीपिकाले साहरुखसँग एक हट आइटम नम्बर पनि गरेकी छिन् । साहरुखसँग काम गरिरहेकी दीपिकाले सलमानसँग नाच्न भने अस्विकार गरिन् । आखिर दीपिका र साहरुखको यो कस्तो सम्बन्ध हो, वुझ्नै गाह्रो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget