news and more entertainment

कट्रिनालाई पछार्दै दिपिका बनिन् संसारकै सेक्सी महिला

 बलिउड नायिका दिपिका पादुकोण संसारकै सेक्सी महिला बनेकी छिन् । फेसन पत्रिका ‘एफएचएम’ले गरेको सर्वेक्षणमा दिपिका संसारका एक सय सेक्सी महिलाको सूचीमा नम्बर एकमा परेकी छिन् ।
दिपिकाले अर्की नायिका कट्रिना कैफलाई पछार्दै यो उपाधि पाएकी हुन् । कट्रिना सोही म्यागेजिनको सूचीमा लगातार ५ बर्षसम्म सेक्सी महिलाको सूचीमा एक नम्बरमा थिइन् । यो बर्ष कट्रिना तेस्रो नम्बरमा पुगेकी छिन् । संयोग नै मान्नुपर्ला, कट्रिना यतिखेर दिपिकाका पूर्व प्रेमी रणवीर कपुरसँग अफयेरमा छिन् ।
सूचीको दोस्रो नम्बरमा प्रियंका चोपडा छिन भने चौथो नम्बर नर्गिस फकरी । पाँचौं नम्बरमा श्रुती हसन छिन्

दिपिकाले पछिल्लो बर्ष लगातार चारवटा ब्लकबष्टर फिल्म दिइन् । रेस २, ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस र रामलिला फिल्मका कारण दिपिका बलिउड क्विनका रुपमा चिनिन थालिन् ।
दिपिकालाई कभर फिचर गरिएको म्यागेजिनको नयाँ अंक सार्वजनिक गर्दै उनले भनिन– यसमा मेरो जीऊसँग कुनै लिनुदिनु छैन, मैले गरेको कामको कदर गर्दै दर्शकले मलाई यो उपाधि दिनुभएको हो ।’



रणवीरसँग काम गर्दा नर्भस्
ब्रेकअप भए पनि दिपिका र रणवीर फिल्ममा सँगै काम गर्न कुनै कन्जुस्याइ गरेका छैनन् । सन् २०१३ मा रिलिज भएको फिल्म ये जवानी हे दिवानी सुपर हिट भयो ।
यो जोडी फेरि ‘तमासा’ फिल्ममा सँगै देखिने भएको छ । तर, रणवीरसँग काम गर्ने दिन नजिकिदै गर्दा दिपिका भने नभर्स छिन् ।
‘म यति नर्भस छु कि मानौं म पहिलो फिल्म गर्दै छु’ म्यागेजिन सार्वजनिक गर्दै दिपिकाले भनिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget