२०७१ असार २३ गते
भनिन्छ, मानिसको पहिलो छाप नै अन्तिम छाप हो ।
तपाईले पहिलोपटक आफुलाई प्रस्तुत गर्दा जसरी गर्नुभयो, निकै लामो समयसम्म
तपाईंलाई समाजले त्यसरी नै हेरेको हुन्छ । एक भारतीय अभिनेतृलाई पनि यही
समस्याले पिरोलेको छ । पहिलो फिल्ममै पुरुष बेश्याबृत्तिको धन्दा चलाउने
महिलाको रुपमा देखा परेकी उनलाई आजकल धमाधम बयश्क फिल्मको अफर आउन थाल्यो ।भनिन्छ, मानिसको पहिलो छाप नै अन्तिम छाप हो ।
फिल्म ‘बिए पास’मा काम गरेपछि शिल्पाको छवि नै कामुक युवतीको बन्यो । भारतीय समाचार संस्था आइएएनएससाग कुरा गर्दै शिल्पाले भनिन-’किन मलाई बयश्क र बोल्ड फिल्मको मात्र अफर आउन थाल्यो भनेर चिन्ता लाग्न थालेको छ ।’ एउटा कलाकारका रुपमा आफु जुनसुकै भूमिका गर्न तयार रहेको भएपनि आफ्नो छवि बयश्क फिल्मकी हिरोइनको रुपमा बनेकोमा उनले चिन्ता जनाइन् । आगामी फिल्ममा चक दे इन्डियामा जस्तै भूमिका गरेर छवि बदल्ने धुनमा उनी छिन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

Post a Comment