news and more entertainment

श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासु प्रहरी हिरासतमा

२३ असार, महोत्तरी । विवाह गरेको तीन महिना नबित्दै श्रीमतीलाई अलग राखेर सासुसँग सम्बन्ध राख्ने ज्वाँइ र सासुलाई प्रहरीले आइतबार पक्राउ गरी सरकारी वकिलमार्फत हाडनाता करणीमा मुद्दा चलाएको छ ।

सुगाभवानीपट्टी-६ का २२ वर्षीय राजकिशोर महतो र भ्रमरपुरा-२ की ३२ वर्षीया रेखादेबी महतोलाई हाडनाता सम्बन्धमा विवाह गरेको आरोपमा आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पीडित १५ बर्षाीया हिराकुमारी महतोले पतिले आफ्नै आमासँग विवाह गरी अलग बस्दै आएको जनाउँदै हाडनाता करणीमा शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकाले ज्वाइँ र सासु दुबैलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको प्रहरी निरीक्षक एकलाल हवारीले बताए । हिरा र राजकिशोरबीच ०७० माघ ९ गते सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

राजकिशोर हर्नियाका रोगी भएर गत वैशाखमा भारतको मधवापुरमा शल्यक्रिया गराएर आएपछि विरामी ज्वाईँको हेरचाह गर्न ज्वाइँकै घर भ्रमपुरा-२ मा केही दिन बसेकी सासू रेखासँगै शारीरिक सम्बन्ध भएको छोरी हिराले हल्ला गरेपछि दुबै भागेर गत जेठमा भारतको आगरा गएको पीडित हिराले बताइन् ।

सासु र ज्वाइँले विवाह गरी असारको दोस्रो सातादेखि जनकपुरमा आई पति पत्नी भई बस्न थालेपछि छोरी हीराले प्रहरीमा उजुरी दिएको बताइन् । आमाले आफूलाई पतिसँग बस्न नदिएको, सुत्न नदिएको र आमा नै ज्वाइँसँग सुत्ने गरेकाले हल्ला गर्दा आमाले कुटपिट गर्ने गरेकाले सानीमा कहाँ बस्दै आएको हिराले बताइन् । आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
भिडियो हेर्न कृपया यहाँ क्लिक् गर्नुहोला

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget