news and more entertainment

जर्मनीलाई विश्वकप जिताउने हिरोले यसरी गरे प्रेमिकासँग मस्ती

एजेन्सी । युरोपेली क्लब फुटबलको सिजन सुरु हुन अझै केही समय बाँकी छ । त्यसैले विश्वकप फुटबलपश्चात् खेलाडीहरु यतिबेला विदामा छन् ।

नयाँ सिजनका लागि आफ्नो सम्बन्धित क्लबमा फर्कनुअघि खेलाडीहरु आफ्नो प्रेमिका तथा परिवारसँग विदा मनाउन निस्किएका छन् । अर्जेन्टिनाविरुद्वको फाइनलमा च्याम्पियन बनाएका मारियो गोट्जे पनि ‘प्रिसिजन होलिडे’ मा निस्किएका छन् ।


मारियो आफ्नी मोडल प्रमिका एन्न काथरिन ब्रोम्मेललाई लिएर स्पेनको इबिजा समुद्रकिनारमा पुगेका छन् । स्पेनको पूर्वि क्षेत्रमा रहेको इबिजा समुद्रीकिनारालाई विदा मनाउन पर्यटकका लागि उपयुक्त स्थान मानिन्छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुले सार्वजानिक गरेका तस्बिर जर्मन क्लब बार्यन म्युनिखका एट्याकिङ मिडफिल्डर गोट्जे प्रेमिका काथरिनसँग रमाइलो गरिरहेका छन् । गत सोमबार बिहान भएको विश्वकप फाइनलमा निर्णायक गोल गर्दै २२ वर्षीय गोट्जेले जर्मनीलाई विश्वकपको चौथो उपाधी दिलाएका हुन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल  क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget