news and more entertainment

रेखासँग फिल्म खेलेर अभयले के पाए ?

२०७१ असोज १ गते१२ बर्षअघि सिने नगरीमा हिरो बन्छु भनेर प्रवेश गरेका बर्दियाका अभय चन्द अहिले पनि संघर्ष नै गरिरहेका छन् ।
सिने नगरीमा १२ बर्ष अगाडि प्रवेश गरेका उनले आधा दर्जन सिनेमा खेले । सपथ, ‘हमेशा’, ‘हिम्मतवाली’मा त उनले सिने नगरीकै चर्चित नायिका रेखा थापासँग काम गरे ।
सिनेमामा गीतमा नदेखिदा घाटा लाग्ने भनाई उनको छ । यतिबेला ‘कुर्वान’ नामक सिनेमामा काम गर्दै गरेका अभयले एक्सन पाटो आफ्ना लागि विशेष सुहाउने तर्क गर्छन् । अभयका लागि सिनेमा नगरी एउटा सपना थियो, आज उनको सपना त पुरा भएको छ तर लक्ष्य भेटिएको छैन ।
निर्माता छविराज ओझाको अफिस अगाडि थुप्रै पटक पुगेर पनि उनले पाइला राख्न सकेनन् । तर उनै छविसँग अभयले २ बर्ष अगाडि चलचित्र ‘हमेशा’मा काम गर्ने मौका पाए । यतिबेला उनले अभिनय गरेको चलचित्र ‘हिम्मतवाली’ प्रदर्शनको संघारमा छ । यो चलचित्रमा उनले एक्सनमा दर्शकले तारिफ गर्ने काम गरेका छन् ।
नायिका रेखा थापाले पनि अभयको कामले आफूलाई प्रभावित बनाएको बताइन् । चलचित्र ‘सपथ’बाट सिने नगरीमा डेब्यू गरेका कलाकार अभय चन्द सिने नगरीलाई नै भविष्य बनाउन चाहन्छन् ।
सम्बन्ध बढ्छ भन्ने सोचाइले उनी कहिले नृत्य निर्देशककोमा नृत्य सिक्ने त कहिले द्धन्द्ध निर्देशककोमा एक्सन सिक्न पुगे ।
समय फेरियो तर उनको सोचाई फेरिएको छैन । १२ बर्षमा खोला त र्फकन्छ भन्छन्, आफ्नो पालो कसो नआउला त, अभयले  भने । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget