‘नेपाल हाम्री आमा होइनन्,हाम्रो रगत चुस्ने बोक्सी हुन् । हरेक रात विदेसीसँग सम्भोग गर्ने तर बिहान आफनो कौमार्यको अभिमान गर्दै हिँड्ने वेश्या हुन् ।’ यसो भन्दै राष्ट्र विभाजनको वकालत गर्दै हिँड्ने व्यक्ति हुन् उनी । वरामद,पुस्तक,दस्तावेज,गीत–संगीत र गतिविधिका रिपोर्टअनुसार राउतले १२ वर्षभित्र नेपालबाट मधेसलाई अलग गराउने परिपक्व योजना बनाएको खुल्छ । राष्ट्रपति,उपराष्ट्रपति,प्रधानन्यायधीश,रक्षा र गृहमन्त्रीसमेत तराई–मधेसका बासिन्दाले चलाएको उनले पृथक मधेसका लागि अचम्मको अभियान छेडेको देखिन्छ ।
देश विखण्डनको वकालत गर्दै हिँड्नेलाई राज्यविरुद्धको अपराध र सजायँ ऐन २०४६ अन्तर्गत कारबाही हुने प्रावधान छ । तर उनीमाथि अहिलेसम्म सामान्य ढंगको मात्र कारबाही चलाइएको छ । र,पृथकतावादी आन्दोलनको ‘हिरो’ बनाउने गरी थुनिँदै छुट्दै गर्न पाउने मुद्दा आभियोजन गरिँदै छ । उनले मधेसको ाफ्नै भुगोलको नक्शा,राष्ट्रिय गान र झन्डासमेत बनाइसकेका छन् । आफ्नै राष्ट्रिय गानलाई तराईको मोवाइलको रिङटोनका रुपमा छरेका छन् । १८–३० वर्षका युवालाई लडाकु बन्न प्रशिक्षण दिने गरेका छन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
Post a Comment