news and more entertainment

सोनामलाई चाहियो केटा

मुम्बई । करिअरमा हिट र फ्लप दुवैको अनुभव संगालीसकेकी वलिउडकी सुन्दर नायिका सोनाम कपुर यतिबेला आफ्नो सिंगल स्टाटसलाई जोडतोडले प्रचारवाजी गरिरहेकी छन् ।

उमेरले २९ वर्ष टेकिसकेकाले पनि उनको प्रयास जायज हुनसक्छ । ‘साँवरिया’ मार्फत बलिउड डेब्यु गरेकी अभिनेता अनिल पुत्री सोनाम यतिबेला मिस्टर राईटको खोजीमा छन् । यो कुरा अरु कसैले नभई स्वयं नायिकाले नै खुलस्त पारेकी हुन् ।

‘म सिंगल छु, र त्यस्तो मान्छेको खोजी गरिरहेको छु जसले मलाई कहिल्यै नछोडोस्,’ सोनाम कुराकानीमा बढी नै पारिवारिक हुदै भनिन्, ‘मलाई मेरा सारा कथाहरु आफ्ना बालबच्चासँग साट्न चाहन्छु ।’ त्यसो त सोनामले आफू फिल्म प्रोड्युसर हुन पनि चाहेको बताइन् ।



उनकी बहिनी रिया भने निर्माता बनिसकेकाले पनि दिदीको चाहाना नौलो होइन । सोनामले आफ्ना मनका इच्छाहरु भारतीय टेलिभिजन जी क्याफेका लागि बताएकी हुन् । पछिल्लो फिल्म ‘बेबकुफियाँ’ मा देखिएकी सोनामका यतिबेला ‘खुससुरत’ , ‘डोल्लीकी डोली’ र ‘प्रेम रतन धन पाओ’ रिलिजको लाइनमा छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget