आइतबार कम्बोडियाको वायुसेनाको हेलिकोप्टरले अमेजोन जङ्गलबाट दश व्यक्तिको शवलाई निकालिएपछि दश व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको हो ।
उद्धार समूहका एक अधिकारी गुस्ताभो ओर्टेगाले एएफपी समाचार समितिलाई गत शनिबार प्रस्थान गरेको केही बेरपछि दुर्घटना ग्रस्त भएको सो विमानबाट आठ यात्रु र दुई चालकदलका सदस्यको शव फेला परेको जानकारी दिनुभएको छ ।
सो दुर्घटनामा मारिएकाहरुमा छ पुरुष, तीन महिला र एक युवतीको मृत्यु भएको पनि ओर्टेगाले बताउनु भएको छ ।
ती सबै कम्बोडियाली नागरिक भएको पनि उहाँले थप जानकारी दिनुभएको छ ।
सो विमान दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । तर विमान प्रस्थान गरेको केही समयमै विमान दुर्घटनाग्रस्त भएको हुनाले विमानको इन्जिनमा नै समस्या आएको हुनुपर्ने अनुमान गरिएको छ । रासस÷एएफपी भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment