news and more entertainment

सावधान धेरै बेर ननुहाउनुस् !

नुहाउँदा धेरै बेर लगाएर नुहाउने बानी छ भने आजै देखि छोड्नुस् । यो बानीले घरमा झगडा त निम्त्याउँ निम्त्याउँछ यसले तपाइँको स्वास्थ्यमा पनि खराव गर्ने एक अध्यनले देखाएको छ ।
मेन्स हेल्थ नामक वेवसाइटमा प्रकाशित अध्यन अनुसार लामो समय सम्म नुहाउने बानी खराव भएको र यसले त्वचामा समस्या ल्याउने उल्लेख छ ।
अझ तातो पानीले त धेरै बेर नुहाउनु नै हुँदैन । १० मिनेट भन्दा बढी तातो पानीले नुहाउँदा त्वचामा गम्भिर समस्या देखिन सक्ने यो अध्यनको निष्कर्ष छ ।
अमेरिकाको म्यानहटन चिकित्सक डा नील शल्जले आफ्नो शोधमा मन तातो पानीले धेरै बेर नुहाउँदा छालामा असर गर्ने बताए । यसले छालामा अन्य समस्या समेत निम्त्याउने उनको भनाइ छ ।
 यद्यपी चिसो पानीले नुहाउँदा भने छालामा कुनै असर नपर्ने उनले बताए । जाडो मौषममा तातो पानीले नुहाउने र धेरै बेर सम्म नुहाउनेहरुलाई छालाका अनेक समस्या आउने यो शोधको निष्कर्ष छ ।
तातो पानीले नुहाउँदा छालामा रहेका मसिना छिद्र खुल्ने र त्यसबाट साबुन छाला भित्र जाने बताइएको छ । यसले छालामा विभिन्न समस्या पैदा गर्छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget