news and more entertainment

श्रीकृष्णको ४५ दिनको तिथिमा स्वेताले के लेखिन ?

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको सोमबार ४५ दिन पुग्दैछ । यहि ४५ दिनको पुण्य तिथिलाई समेट्दै अभिनेत्री एवं श्रीपत्नी स्वेता खडकाले मार्मिक कविता लेखेकी छिन । उनले उक्त कविता आफ्नो फेसबुक पेजमा शेयर गरिन र थोरै भएपनि दुख साट्ने प्रयास गरेकि छिन ।shweta khadkaविवाह भएको करिब १ महिनामा नै पति गुमाउन पुगेकी स्वेता अझैपनि साथीभाई र शुभेच्छुकसँग खुलेर रमाउन सकेकी छैन । उनले यसअघि पनि पटकपटक फेसबुकमार्फत नै मनको बह पोख्दै आएकी  थिइन । फेसबुकमा उनलाई कयौ फ्यान तथा दर्शकहरुले सहानुभुति दिएका छन ।
यता श्री र स्वेता अभिनित फिल्म कोहिनुर भने सफलताका साथ विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको छ । फिल्मले अबको केहि दिनमा नै गौरवमय ५१ दिन सफलताका साथ पुरा गर्दैछ ।
कोहिनुर रिलिज भएको दोस्रो दिन अर्थात साउन २४ गते नायक श्रीकृष्णको निधन भएको थियो । दिल्लीमा उपचारको क्रममा बोन क्यान्सरको क्रममा उनको निधन भएको थियो ।
यसअघि करिब एक महिना अघि अर्थात असार २३ गते मात्र श्री र स्वेताले विवाह गरेका थिए । उनीहरुले करिब पाँच बर्षको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget