भारत सरकारले एक माओवादीका नेताको टाउकाको मूल्य दाउद इब्राहिमको भन्दा १० गुणा तोकेको छ । भारतीय माओवादी नेता मुपल्ला लक्ष्मण राव उर्फ गणपतिको टाउको ल्याउनेलाई २ करोड ५२ लाख भारु अर्थात ३ करोड ७८ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको हो ।
महाराष्ट्र र छत्तीसगढमा यी नक्सलवादी नेतालाई पक्राउ गर्न सघाउनेले १ करोड भारु अर्था १ करोड ६० लाख पाउने छ भनर् आन्द्र प्रदेशमा २५ लाख भारु, झारखण्डमा १२ लाख भारु र एनआईएमा १५ लाख भारुको इनाम राखिएको छ ।
६५ वर्षीय गणपति सशस्त्र विद्रोह गरिरहेको भारतीय माओवादीका ६५ वर्षीय गणपति सशस्त्र विद्रोह गरिरहेको कम्युनिस्ट पार्टी अफ इण्डिया (माओवादी) का पोलिटब्युरो महासचिव अर्थात प्रमुख हुन् ।
भारतीय गुप्तचर विभागले यी नेता छत्तिसगढको अबुमाड जंगलमा लुकेर बसेको अनुमान गरेको छ । जहाँ माओवादीको पकड क्षेत्र मानिन्छ ।
गणपतिको टाउककाको मूल्य आतंकवादी संगठन इण्डियन मुजाहिद्दीनका प्रमुख रियाज भटकल र इकबाल भटकलको भन्दा पनि बढी तोकिएको छ । यिनीहरुको टाउककाको मूल्य २५ लाख भारु मात्र तोकिएको छ ।
मष्ट वान्टेड आतंकवादी दाउदको टाउकाको मूल्य २५ लाख भारु छ ।
माओवादीका सदस्यहरुको टाउकाको मूल्य भने कम्तिमा १ करोड भारु छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment