news and more entertainment

डडेल्धुरामा १०० नम्बरमा फोन गरि प्रहरीलाई सेक्सको प्रस्ताव

१८ साउन, डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सोधपुछ कक्षको १०० नम्वरमा गालि गलौच गर्ने १ सय २० नम्वर निगरानिमा रहेका छन् ।१०० नम्वरमा फोन गरि सताउने एनसेलका विभिन्न १ सय २० नम्वरहरुबाट विभिन्न खाले अस्लील गालि गलौच गर्ने र महिलाहरुले लामो समयसम्म विभिन्न अस्लील कुरा गरी प्रहरीलाई हइरानि गर्ने नम्वरहरुलाई निगरानिमा राखि खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुबाट गरिएका गालीगलौचहरु पत्ता लगाउन सकिने र एनसेलसंग गालिगलौच गर्नेको रेकर्ड माग्दा समेत दिन नमान्ने भएकाले एनसेलको सिम प्रयोग कर्ताबाट बढी यस्तो क्रियाकलाप भईरहेको प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले बताए ।केही दिन अगाडी मात्रै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नमस्ते सिमकार्ड प्रयोगबाट गालि गलौच गर्ने बगरकोट गाविस गोलाईका ४ जना युवतिहरुलाई नियन्त्रणमा लिई सम्झाएर उनीहरुका आमाबुबाको जिम्मा लगाएको प्रहरी सहायक निरिक्षक करविर ऐरले बताए ।१०० नम्बरमा फोन गरी लामो समय सम्म फोन गर्ने केहि महिलाहरुले प्रहरीलाई सेक्सको समेत प्रस्ताब राख्ने गरेको प्रहरीहले जनाएका छन्
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget