news and more entertainment

नामावलीमा छुटेकाले पनि मौका पाउन सक्ने

काठमाडौ, श्रावण १९ - निर्वाचन आयोगले मंसिर ४ गते हुने संविधानसभा चुनाव-२ का लागि उम्मेदवारी मनोनयनसहितको कार्यक्रम प्रकाशित गरेपछि बनेको माहोलमा दलहरू आपसी संवाद, गृहकार्य र रणनीति  निर्माणमा केन्द्रित हुन थालेका छन् ।
उच्चस्तरीय राजनीतिक समितिको बैठकले उम्मेदवारी मनोनयनसहितका चुनावी कार्यक्रम प्रकाशित गर्ने निर्वाचन आयोगको कामले मंसिर ४ को मतदानका लागि वातावरण बनाएको  निष्कर्ष निकालेको छ । समितिको मागअनुसार निर्वाचन आयोगले छुट भएका मतदाताको नाम संकलनका लागि पुनः केही समय उपलब्ध गराउने गृहकार्य गरेको छ ।
बैठकलगत्तै समितिका संयोजक एमाओवादी अध्यक्ष पुष्पमकल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटी छुट मतदाता नामावलीका लागि केही समय उपलब्ध गराउन आग्रह गरे का थिए । त्यसक्रममा पूर्वप्रकाशित कार्यतालिकामा असर नगर्ने गरी समानान्तर गतिविधिका रूपमा बढीमा एक साताका लागि नामावली संकलन खोलेर समस्या समाधान गर्ने विकल्प  सुझाएको थियो ।
'आयोगले कार्यक्रम प्रकाशित गरिसकेको छ, कार्यान्वयन गर्न सबै दृढ हुनुपर्छ,' छफलपछि प्रमुख निर्वाच आयुक्त नीकलण्ठ उप्रेतीले भने, 'प्रकाशित कार्यक्रम प्रभावित नहुने र समाधान गर्न  पनि मद्दत पुग्ने गरी उपाय निकाल्न सकिन्छ कि भनेर आयोगले खोजी गर्नेछ ।'
मधेसी मोर्चा आबद्ध तराई केन्दि्रत दलहरूले फोटोसहितको मतदाता नामावलीमा धेरैको नाम छुटेकाले थप समय दिइनुपर्ने माग गर्दै आएका छन् । समितिले निर्वाचन वातावरण बनाउन  उनीहरूको माग सम्बोधन गर्ने बाटो खोजेको हो ।
दाहालले छुट नाम दर्ताका लागि आयोगले समय दिनेमा आफू विश्वस्त भएको बताए । आयोग स्रोतअनुसार पूर्वप्रकाशित कार्यतालिका प्रभावित नहुने गरी मतदाता नामावली संकलनका लागि  समय दिने विकल्पमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तबीच छलफल सुरु भएको छ ।
छुट नामावली दर्ताका लागि सम्बन्धित जिल्ला सदरमुकाममा फोटो खिचाउने व्यवस्था गर्ने आयोगको धारणा छ । चाँडै नै आयोगले यससम्बन्धी निर्णय लिनेछ । आयोगले बिहीबार मात्रै  असोज १० र ११ गते उम्मेदवारी मनोनयन गरिसक्ने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरेको थियो ।
रणनीति बनाउँदै एमाओवादी
एमोवादीले निर्वाचनमा आफ्नो र प्रतिस्पर्धी दलको अवस्थाबारे देशभर सर्भेक्षण सुरु गरेको छ । २४० क्षेत्रमा खटिएका केन्द्रीय प्रतिनिधिले ल्याउने प्रतिवेदनका आधारमा उसको चुनावी  रणनीति बन्ने अध्यक्ष दाहालले बताए । 'त्यस रिपोर्टका आधारमा केन्द्रबाट कहाँ बढी जोड दिनुपर्छ भन्ने तय गर्छौ,' उनले भने । दाहालले निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट उपेन्द्र यादव नेत ृत्वको मधेसी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी दलका नेताहरूसँग निरन्तर सम्पर्क र अनौपचारिक वार्ता गरिरहेका छन् । स्रोतका अनुसार निर्वाचन बहिष्कार  घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई एक्ल्याउने रणनीतिअनुरूप दाहालले यादव र राईसँग सम्पर्क बढाएका हुन् । संविधानसभा सदस्यको संख्या ६ सय १ वा त्यसभन्दा  बढी पुर्‍याएर भए पनि उनीहरूको चित्त बुझाउने योजनामा दाहाल रहेको स्रोतको दाबी छ ।
उच्चस्तरीय राजनीतिक समितिको शुक्रबारको बैठकमा पनि असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार पहिलो चरणमा  एमाओवादी, कांग्रेस र एमालेले आ-आफ्नो तरिकाले उनीहरूसँग संवाद गर्नेछन् ।
माओवादीले चुनावी घोषणापत्रका लागि पनि सुझाव संकलन गरिरहेको छ । उसले यसअघि नै नेता बाबुराम भट्टराई नेतृत्वमा गठन गरेको घोषणापत्र मस्यौदा समितिलाई सक्रिय गराएको हो  । त्यसैगरी पोस्टबहादुर बोगटीको संयोजकत्वमा बनेको उम्मेदवार छनोट समितिले पनि आन्तरिक छलफल सुरु गरेको छ ।
घोषणापत्र र उम्मेदवार मापदण्ड बनाउँदै एमाले
एमालेले चुनावका लागि घोषणापत्र निर्माण र उम्मेदवार छनोट मापदण्डबारे तयारी गरेको छ । मंगलबार बस्ने स्थायी समिति बैठकले घोषणापत्र निर्माण समिति र छनोट मापदण्डलगायतका  विषयमा टुंगो लगाउने सचिव विष्णु पौडेलले जानकारी दिए ।
'संविधानसभाको निर्वाचनको तयारीका लागि हाम्रो पार्टी पूर्ण रूपमा परिचालित छ,' पौडेलले भने, 'अब उम्मेदवारी छनोट मापदण्ड तय, घोषणापत्र निर्माणलगायतका विषयमा तयारी  भइरहेको छ ।' निर्वाचनको काममा परिचालित हुन यसअघि नै पार्टीले सबैलाई निर्देशन दिइसकेको उनले जनाए ।एमालेले पहिलो चरणमा जेठ र असार महिनामा २ सय ४० वटै निर्वाचन क्षेत्रमा चुनावी अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट एमालेले चुनावमा आफू पहिलो (ठूलो) पार्टी  बन्ने आंकलन सार्वजनिक गरिसकेको छ । एमालेले चुनावको कामलाई अझै व्यवस्थित बनाउन भदौ तेस्रो साता राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ । भेलामा मुलुकभरका अगुवा कार्यकर्ता  सहभागी हुनेछन् । भेलापछि पार्टीको अन्तिम निष्कर्ष, घोषणापत्रलगायत लिएर चुनावमा परिचालिन हुने एमालेले जनाएको छ ।
एमालेले भदौ पहिलो साता तराई मधेस अभियान पनि सञ्चालन गर्ने भएको छ । तराईमा पार्टीको अवस्था सुधारका लागि उसले त्यो क्षेत्रमा मात्र केन्दि्रत विशेष अभियान सञ्चालन गर्न  लागेको हो । तराईमा प्रतिस्पर्धी दलले एमालेलाई मधेसविरोधी पार्टीका रूपमा चित्रित गरेको भन्दै त्यो भ्रम चिर्नका लागि विशेष अभियान चलाउन लागेको नेताहरूले बताएका छन् । पार्टीको  सचिवालय र एमालेका तराई क्षेत्रका नेताहरू अभियानका खाका निर्माण गरिरहेका छन् । तराई क्षेत्रमा क्षेत्रीय आमसभा, जुलुसलगायतका कार्यक्रम सञ्चालन गरी पार्टीको धारणा  स्थानीयलाई बनाउने एमालेको तयारी छ । संविधानसभामा प्रत्यक्षतर्फ झन्डै आधा सिट र कुल मतदाता संख्या पनि धेरै भएकाले राम्रो पोजिसन ल्याउन तराई क्षेत्रमा पकड बलियो बनाउनुपर्ने निष्कर्ष पार्टीको छ ।
उम्मेदवार छान्ने तयारीमा कांग्रेस
कांग्रेसले प्रत्यक्ष तथा समानुपातिक सिटमा पार्टीका उम्मेदवार तय गर्न तत्काल संसदीय समिति गठन गर्ने भएको छ । सभापति सुशील कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवासहितका  प्रभावशाली नेताको सल्लाह र सहमतिमा १५ सदस्यीय संसदीय समिति गठन गर्नेछन् ।
कोइराला भारत भ्रमणबाट फर्केपछि देशव्यापी चुनावी प्रचारप्रसार अभियान थाल्ने र त्यसमा कोइराला, देउवा र उपसभापति रामचन्द्र पौडेलसहितका प्रभावशाली नेता एकसाथ सहभागी हुने  महामन्त्री प्रकाशमान सिंहले बताए । कोइराला आइतबार भारत गई शुक्रबार स्वदेश र्फकने कार्यक्रम छ । सिंहका अनुसार केन्द्रीय सदस्यलाई जिल्ला-जिल्लामा पठाएर पार्टीको संगठनात्मक  स्थिति, निर्वाचन क्षेत्रमा चुनाव जित्न सक्ने सम्भाव्य उम्मेदवार, पार्टीलाई जिताउन संगठन सुदृढ गर्न चाल्नुपर्ने कदमका बारेमा स्थलगत अध्ययन भइरहेको छ ।
कांग्रेसले जिल्ला समिति र निर्वाचन क्षेत्रस्तरीय समितिलाई कार्यकर्ताको राय लिएर प्रत्यक्ष निर्वाचनको एक सिटका चुनाव जित्न सक्ने सम्भावित
तीन-तीन उम्मेदवारको नाम सर्वसम्मतिले सिफारिस गरेर पठाउनसमेत केही दिनभित्रै निर्देशन दिनेछ ।
समानुपातिक सिटमा समेत पार्टीमा योगदान भएका महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका व्यक्तिलाई प्राथमिकता दिएर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन तयारीसमेत गरेको छ ।
नवलपरासीको त्रिवेणीमा भएको महासमिति बैठकबाट पारित राजनीतिक प्रस्ताव तथा नीति र कार्यक्रमका आधारमा छिट्टै चुनावी घोषणापत्र र नारा तयार गर्ने सिंहले बताए ।
म्याद थप्न माग
मधेसी दलहरूले निर्वाचन प्रभावित नहुने गरी मतदाता नामावलीको म्याद थप गर्नुपर्ने बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा बुधबार एक महिना समय थप हुनुपर्ने  निष्कर्ष निकालिएको थियो । 'सबै मतदाताले परिचयपत्र पाउनुपर्ने हाम्रो माग हो,' तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार कान्तिपुरसँग भने, 'आयोगको नामावली  संकलन प्रक्रिया मधेसी मतदातामैत्री भएन ।'
आफ्नो पनि परिचयपत्र बनाउन छुटेको उल्लेख गर्दैर् उनले भने, 'लाखौं छुटेका छन्, पर्याप्त टोली गाउँ गएन ।' उनले मधेसमा नाउ छुट्ने श्रमिक र महिला वर्ग रहेको जनाउँदै भने, 'उनीह रूको पछाडि कोही छैन, कसैलाई मतलब छैन ।'
मंसिर ४ मै निर्वाचन हुने गरी मतदाता नामावलीको म्याद थपिनुपर्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए । 'एक महिना थप्दा चुनाव प्रभावित हुन्छ भने चुनावलाई असर नपर्ने  गरी बढीमा कति दिन सकिन्छ, त्यति थप्नुपर्छ,' उनले भने ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget