news and more entertainment

दार्जीलिङमा गोरखाल्याण्ड आन्दोलन चर्कियो

१९ साउन, काठमाडौं । भारतको दक्षिणमा नयाँ राज्य तेलंगाना निर्माणको घोषणा भएपछि गोरखाल्याण्ड आन्दोलन फेरि एक पटक चर्किएको छ ।
तेलंगाना बनाउने निर्णयको सबैभन्दा बढी असर पूर्वी भारत र पूर्वोत्तरमा देखिएको हो । गोरखाल्याण्ड राज्य निर्माणको माग गर्दै तीन दिनदेखि आमहडताल जारी छ । गोरखा जनमुक्ति मोर्चाले शनिबार दार्जीलिङको पर्वतीय क्षेत्रमा पनि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।

दार्जीलिङमा आएका पर्यटक र होस्टलमा बस्ने विद्यार्थीहरुलाई दार्जलिङ छाड्न उर्जी दाजी गरिएको बीबीसीले जनाएको छ । तर, गोरखा जनमुक्ति मोर्चाले चिया बगान र रेड बर्क उत्पादन क्षेत्रलाई भने बन्द गराइएको छैन । दार्जलिङको अर्थ व्यवस्थाको आधार चिया, रेडबर्कको उत्पादन र पर्यटन हो ।
गोरखा जनमुक्ति मोर्चाले वार्ताका लागि एक प्रतिनिधिमण्डललाई दिल्ली पठाएको छ र यो लडाई वार कि पारको भएको बताएको छ । शुक्रबार मात्र दार्जीलिङमा केन्द्रीय अर्ध सैन्य बलको पाँच कम्पनी पठाइएको थियो । जसका कारण पनि तनाव बढेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget