news and more entertainment

९ वर्षीय बालकले अपहरणमा परेको नाटक गरेपछि

१८ साउन,दोलखा । नौ बर्षे स्कुले बालकले आफू अपहरणमा परेको नाटक गरेपछि विहिबार दिनभर दोलखा, रामेछाप र काभ्रेसम्म खैलाबैला भयो । अपहरणकारीलाई खोज्न प्रहरी दौडादौड गरे । तर, साझमात्र बालकले भनिदिए “शिक्षक र आमाको पिटाइबाट बच्न अपहरणको नाटक गरेको हुँ ।”भिमेश्वर नगरपालिका १ तार्थली निवासी नौ बर्षीय विवेक राउत विहिबार विहानपौने १० बजे त्रिपुरा बोर्डिङ स्कुलतर्फ गएका थिए । तर, उनले आफु बीचमै अपहरणमा परेको तर फिल्म शैलीमा भागेको बयान दिएका थिए । “म त ट्याक्सीको ढोका खोलेर हाम फालेर आए, तर अर्की बालिकालाई उनीहरुले गाडीमा राखेर लगे” विवकले भनेपछि उद्धारमा प्रहरी परिचालन गरिएको थियो ।अपहरित बालिका को हुन र उनलाई किन अपहरणकारीले लगे भनेर सुरक्षाकर्मीले खोजबिन सुरु गरेका थिए । एक अज्ञात बालिका अपहरणमा परेको समाचार स्थानीय रेडियोले भन्न थालेपछि दोलखा र आसपासका क्षेत्रमा सनसनी फैलियो । बिहान बहिनी बिपिका केसी (मामाकी छोरी) का साथ स्कुल हिडेका विवेकले आफुलाई चारजनाल अपहरण गरी ट्याक्सीमा हालेर लगेको बताएका थिए । चरीकोटको बीचबजारमा पुगेपछि ट्याक्सीको ढोका खोलेर हाम फालेर ज्यान जोगाएको भन्दै करिब साढे १० बजे उनी घर पुगेका थिए । विद्यालय जानेक्रममा चरीकोटस्थित भालुखोलाबाट अज्ञात समहुको अपहरणमा परेको र उनीहरुलाई छक्याएर भाग्न सफल भएको बयान उनले प्रहरीलाई दिएका थिए । अपहरणकारीले दुइवटा गाडी प्रयोग गरेको उनको भनाइ थियो ।बहिनी बिपिकालाई चरीकोटको मुख्य सडक कटाएर बोर्डिङको गेट नजिकै पुर्याएर विवेक बजारतिर लागेका थिए । त्यसलगत्तै बजारभन्दा दक्षिणतर्फ रहेको कालिन्चोक उमाविको जंगल क्षेत्रमा कापि कितावसहितको झोला फालेर अपहरणकारीको पञ्जाबाट फुत्किएको भन्दै उनी रुदै र चिच्याउदै घर पुगेका थिए ।विवेकले अपहरणकारीले प्रयोग गरेको गाडीको नम्बर समेत बताएका थिए । उनका अनुसार ९८२०६ नम्बरको सेतो ट्याक्सीमा अपरिचित बालिकालाई समेत मुखमा पट्टी बाधेर लगेको बताएका थिए । अपहरणमा परेकी बालिकाको उद्धारका लागि प्रहरीले छिमेकी रामेछाप, सिन्धुली, सिन्धुपाल्चामेक र काभ्रेपलाञ्चोक प्रहरीसँग सहकार्य गरी सम्भावित नाकाहरुमा कडाइ गरेको थियो । सोहि कारण सिन्धुपाल्चोकको खाडी चौरदेखि धुलिखेल र भक्तपुरको साँगाचोक तथा रामेछाप र सिन्धुली खुर्कोट नाकासम्म दिनभर प्रहरी गस्ति रहेको थियो ।झण्डै दुइबर्ष अघि दोलखा सदरमुकाम चरिकोटबाटै अपहरणमा परेका एक मधेशीमुलका १२ बर्षीया बालकलाई भारतमा लगेर हत्या गरिएको कारण पनि स्थानीय त्रसित थिए । प्रहरीले समेत गम्भीर भएर अनुसन्धान थालेको थियो । तर करिब ६ घण्टाको खोजतलासपछि प्रहरीले विवेक अपहरणमा परेका नभइ पढाइमा कमजोर र यातनाको कारण उनले यस्तो नाटक रचेको तथ्य प्रमाणीत गरेको थियो भने आजको खबर नयाँपत्रिकामा छ ।विवेकको नाटक पर्दाफास भएपछि दोलखाका प्रहरी नायव उपरिक्षक शुरेस प्रसाद काफ्लेले विहिबार पत्रकार सम्मेलन गरेका थिए । उनका अनुसार गणीत बिषयमा कमजोर विवेकले बोर्डिङ स्कुलका विषयगत शिक्षक र आमा भगवती राउतलाई दुःख दिन नाटक रचेका हुन । शारिरीक तथा मानसिक यातनाको बदला लिन उनले यस्तो कथा बनाएको पृष्टि भएको छ । गणित विषयमा कमजारे विवेक बोर्डिङ स्कुलले दिएको होमवर्क गर्दैनथे । पटक–पटकको चेतावनी पछि पनि उनी नसुध्रिएपछि विषयगत शिक्षिका विमला अधिकारीले उनकी आमा भगवतीलाइ यसबारे सचेत गराएकी थिईन । भगवतीले पनि बुधबार बेलुकी विवेकलाई कुटपिट गरेकी थिईन । बाबु नवराज भने बैदेशिक रोजगारमा छन । प्रहरीका अनुसार आमा भगवतीले कमजोरी बारे विहिबार बोर्डिङमै गए् जानकारी लिने बताएपछि विवेक थप यातनाको त्रासमा थिए । त्यसैकारण उनले विद्यालय नगएर अपहरणको नाटक रचेको प्रहरीले जनाएको छ । विवेक १० बर्षभन्दा कम उमेर भएकोले उनले अपहरणको नाटक रचेपनि कारबाही हुने कानुनी व्यवस्था छैन ।आमा भगवतीका अनुसार विवेक अध्ययनमा भन्दा बढी टिभी, फिल्म कम्प्युटरमा रुची राख्छन । त्यही भएर पनि उनले फिल्मीशैलीमा अपहरणको नाटक रचेको अनुमान छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget