news and more entertainment

अन्तर्राष्ट्रिय विमानस्थल एकैदिनमा २ पटक बन्द

काठमाडौं, श्रावण १९ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार रनवे मर्मत गर्न दुई पटक बन्द गरिएको छ । यसले गर्दा पोखरा हिडेका उपराष्ट्रपति परमानन्द झा ४० मिनेट आन्तरिक टर्मिनलमै कुर्नु परेको छ । बुद्ध एयरको जहाजबाट उनी पोखरा जान लागेका थिए ।
पानी र घामका कारण रनवेको पीच २/३ ठाऊँ उप्किएकाले व्यवस्थापनले दिउँसो २ बजे आधा घण्टाका लागि र साढे ४ बजेदेखि १ घण्टाका लागि विमानस्थल बन्द गरेको थियो । स्रोतका अनुसार पोखरामा फुलमाला लिएर उपराष्ट्रपतिको स्वागतमा आएकाहरु उडान ढिलो हुने भएपछि फर्किएका थिए । दिउँसै व्यवस्थापनले राडारको सेड्युल मर्मत समेत गरेको थियो । विमानस्थल बन्दका कारण बुद्धको भद्रपुरबाट आएको जहाज २५ मिनेट होल्ड भएको थियो । त्यस्तै यति एयरलाइन्सको चन्द्रगढीबाट आउने जहाज होल्डपछि बिराटनगर डाइभर्ट गरेर बेलुका काठमाडौं आएको थियो । यतिकै जनकपुरबाट ३ बजेर ५० मिनेटमा आउनुपर्ने जहाज सवा ७ बजेपछि मात्र काठमाडौं अवतरण गरेको स्रोतले बतायो । अन्य विमानकम्पनीको उडान १ देखि डेढ घण्टा ढिलो भएको थियो । स्रोतका अनुसार अन्तर्राष्ट्रियतर्फ  एयर अरेबिया र कतार एयरवेजको जहाज ३० देखि ४५ मिनेट होल्डमा बसेको थियो ।
विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले भने आधा घण्टामात्र विमानस्थल बन्द भएकाले उडानमा असर नपुगेकेा दाबी गरे । 'उडानको ट्राफिक कम भएकाले विमानस्थल बन्द गरिएको हो,' उनले भने 'वर्षाको कारणले केही ठाऊँमा समस्या आएकाले मर्मतको कामका लागि यस्तो गर्नु पर्‍यो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget