news and more entertainment

सर्लाहीको हरिपुरमा ५ घण्टा प्रर्दशन र चक्काजाम

सर्लाही, श्रावण १९ - हतियार सहित चारदिन अघि पक्राउ परेका दुईजनालाई छाड्नुपर्ने माग गर्दै आज सर्लाहीको हरिपुरमा ५ घण्टा प्रर्दशन र चक्काजाम भयो । प्रदर्शन कारीले प्रहरी बिरुद्ध नारावाजी समेत गरे ।
गत मंगलवार राती हरिपुरका त्रिलोकी दास र नुर आलमलाई एकथान नलकटुवा बन्दुक र एक राउण्ड गोली सहित हरिपुर इलाका प्रहरी कार्यालयलको गस्ती टोलीले पक्राउ गरेको थियो ।
पक्राउको चार दिनपछि स्थानीयले दुबै निर्दाेष भएको दावी गर्दै छाड्नुपर्नै माग गरेका हुन् । पक्राउको बिरोधमा सयौं स्थानीय सड्कमा उत्रेका थिए । महिला, बृद्ध, युवा पक्राउ परेकालाई छाड्नुपर्ने मागको पक्षमा सडक बन्द गराउन आएका थिए ।
पक्राउ परेका दुबैलाई हातहतियार खरखजाना मुद्दा दर्ता गरि म्याद लिएर प्रहरी हिरासतमा राखिएको छ ।
प्रहरी र स्थानीयवीच वार्ता भई आइतवार जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमतिमा अपरान्ह २ बजे बन्द खुलेको छ । बन्दमा उत्रेका स्थानीय अगुवा सनोज दासले निर्दाेषलाई फसाएकाले हरिपुरका सम्पूर्ण बासिन्दा बिरोधमा उत्रिएको दावी गरे । निर्दाेष पक्राउ पर्दा चारदिन सम्म कुनै प्रतिकृया नजाउनुको कारण भने दासले खुलाएनन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget