news and more entertainment

श्रेयाले कीर्तिमान सुधारिन्

काठमाडौ, श्रावण १९ - स्पेनको बार्सिलोनामा सञ्चालन भइरहेको पन्ध्रौं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालकी श्रेया धितालले महिलाको ५० मिटर बटरफ्लाइमा आफ्नै नाममा रहेको राष्ट्रिय  कीर्तिमानमा शुक्रबार सुधार गरेकी छन् ।
श्रेयाले निर्धारित दूरी पूरा गर्न ३४.०१ सेकेन्ड लगाउँदै कीर्तिमान सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जानकारी दिए । यसअघि पनि ३४.६९ सेकेन्डको कीर्तिमान श्रे याकै नाममा थियो । उनले असारमा सातदोबाटोमा सम्पन्न १८ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा यो कीर्तिमान बनाएकी थिइन् ।
च्याम्पियनसिपमा नेपाली खेलाडीको यो दोस्रो कीर्तिमान हो । श्रेयाअघि सोफिया शाहले महिलाको २ सय मिटर फ्रिस्टायल २ मिनेट ३१.७९ सेकेन्डमा पूरा गर्दै करिष्मा कार्कीको नाममा रहेको  २ मिनेट ३७.७५ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् ।
पुरुषको ५० मिटर फ्रिस्टायल मिराज प्रजापतिले २८.७४ सेकेन्डमा पूरा गरे । यो उनको व्यक्तिगत उच्च प्रदर्शनभन्दा पनि बढी समय हो । यसै स्पर्धामा मिराजको व्यक्तिगत उत्कृष्ट समय  २७.८४ सेकेन्ड छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget