news and more entertainment

मुर्सी समर्थकद्वारा केरीको विरोध

श्रावण १९ - सैनिक हिरासतमा रहेका इजिप्टका पूर्व राष्ट्रपति मोहम्म मुर्सीका समर्थकहरूले अमेरिकी विदेशमन्त्री जोन केरीको भनाइको विरोध गरेका छन् । केरीले बिहीबारको टे लिभिजन अन्तर्वार्तामा इजिप्टको राष्ट्रिय सेनाको सहयोगमा बनेको सरकारले प्रजातान्त्रीकरणको प्रक्रिया सुरु गरेको प्रतिक्रिया दिएका थिए ।
सैनिकद्वारा अपदस्थ गरिएका मुर्सीको दल मुस्लिम ब्रदरहुडले शुक्रबार विज्ञप्ति प्रकाशन गरी अमेरिकी विदेशमन्त्रीको भनाइको विरोध गरेको  हो । उसले गत जुलाई ३ मा इजिप्टको सेनाले  मुर्सीलाई  अपदस्थ गरेको घटनालाई सैनिक 'कू'को संज्ञा दिई आन्दोलन गरिरहेको छ ।
उक्त दलले त्यहााको सैनिकलाई उक्त कदम तत्कालै सच्याउन गरेको मागको बेवास्ता गरी अमेरिकी विदेशमन्त्रीले सरकारले प्रजातान्त्रीकरणको अभ्यास गरेको भनेर अभिव्यक्ति दिनुलाई दुभार् ग्य भनेको छ । विज्ञप्तिमा भनिएको छ, 'के देशमा प्रजातान्त्रीकरणको अभ्यास गर्नु सैनिकको काम
हो ?' उक्त दलका प्रवक्ता गेहाद अल हदादले जारी गरेको विज्ञप्तिमा जोन केरीलाई कयौं प्रश्नहरू सोधिएका छन् । उक्त विज्ञप्तिमा भनिएको छ, 'के अमेरिकाका रक्षामन्त्रीले त्यहााका  राष्ट्रपति बाराक ओबामालाई अपदस्थ गरी जेल हालेको घटनालाई प्रजातान्त्रीकरण भनेर भन्न सक्छन् ? के अमेरिकी सेनाले त्यहााको सिनेटलाई भंग गर्‍यो भने अमेरिकी जनता चुप लागेर  बस्न सक्लान् ?' अमेरिकी टेलिभिजन जियो टिभीलाई दिएको अन्तर्वार्तामा केरीले इजिप्टमा लाखौंको संख्यामा जारी प्रदर्शनहरूमा आतंककारीको घूसपैठ पनि हुन सक्ने अवस्था रहेकोले मुसीर् लाई अपदस्थ गरेर भए पनि त्यहाँको सेनाले आतंककारीबाट बचाएको बताएका थिए ।
सेनाले नै शासनसत्ता आफ्नो हातमा लिएको नभई त्यहाँ नागरिक सरकारको स्थापना गरेको भन्दै उनले इजिप्टको सरकारले प्रजातन्त्रका लागि अभ्यास सुरु गरिसकेेको भनेका थिए । सेनाले  जुलाई ३ मा इजिप्टमा गत वर्ष सम्पन्न संविधानसभाद्वारा निर्वाचित मुर्सीलाई अपदस्थ गरी सैनिक नियन्त्रणमा राखेको छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget