news and more entertainment

बेलायती दूतावासले सलमानलाई भिसा दिएन

मुम्बई, १९ साउन । बलिउड अभिनेता सलमान खानलाई बेलायती दूतावासले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो आगामी फिल्म ‘किक’को सुटिङका लागि सलमानले लण्डनका लागि भिसाको आवेदन दिएका थिए । तर, उनको आवेदन रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सलमानलाई उनी विरुद्ध चलिरहेको ‘हिट एण्ड रन’ मुद्दाको कारण भिसा नदिइएको जनाइएको छ । सलमानका बाबु सलिम खानले वर्ष सन् १९९८ को फिल्म ‘हम साथ साथ हे’को सुटिङताका हरिणको अवैध शिकार सम्बन्धी मुद्दाको अदालती कागजपत्र समयमा नआईपुगेका कारण भिसा दिन अस्वीकार गरिएको बताएको ‘जी न्यूज’ले जनाएको छ ।

सलमानले निर्देशक साजिद नाडियावालाको फिल्म ‘किक’को सुटिङ लण्डनमा गर्न चाहे पनि भिसा समस्याका कारण त्यसमा विलम्ब हुने देखिएको छ । सलमानका बाबुका अनुसार सलमानले पुनः अघिल्लो साता भिसाका लागि आवदेन दि
नेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget