news and more entertainment

राष्ष्ट्रपतिको मौनता बुझिनसक्नु : थापा

सप्तरी, श्रावण १९ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जटिल अवस्थामा रहेका बेला राष्ट्रपतिको मौनता बुझिनसक्नु रहेको बताएका छन् ।
राप्रपा नेपालद्वारा आज बिहान यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने, “राष्ट्रपति किन चुप लागेर बस्नुभएको छ, त्यो भित्री कुरा बुझ्न पाएको छैन, तर उहाँको मौनता रहस्यपूर्ण छ ।”
आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागी गराउने तीनदल र मधेसी मोर्चाका नेताहरुको नियत नरहेको टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रपतिले असन्तुष्ट दलहरुसँग वार्ता डाक्नुपर्ने बताए ।

निर्वाचन बहिष्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको माओवादीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको उल्लेख गर्दै उनले भने, “वैद्यजी र हाम्रो पार्टीको मान्यता नै फरक छ र सहकार्यको विषयमा छलफल पनि हुन नसकेको अवस्थामा सहकार्य हुने कुनै सम्भावना छैन ।”
मुलुकमा रहेको चारदलीय संयन्त्र नै निर्वाचनको मुख्य तगारो रहेको आरोप लगाउँदै अध्यक्ष थापाले तत्काल चारदलीय संयन्त्रलाई खारेज गरी राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलनमा जानुपर्ने बताए ।
आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनका लागि युद्धगतिमा तयारी तीव्र पारेको जानकारी दिँदै उनले अब हुने निर्वाचनमा आफ्नो पार्टीले एक तिहाई सिटमा विजयी हासिल गर्ने दाबीसमेत गरे । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget