news and more entertainment

१३ औं लिस्नु कप फुटबल शनिबारबाट शुरु,लिस्नु र किड्स प्रतिस्पर्धामा भीडदै

मनोरञ्जन शर्मा। भैरहवा,२९ असार।  यस क्षेत्रको प्रतिष्ठीत लिस्नु कप फुटबल प्रतियोगिताको १३ औं सस्करण शनिबारबाट सुरु हुने भएको छ। कोटीहवाको पशुपति उच्च माध्यमिक बिद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको लिस्नु युबा क्लबका अध्यक्ष तथा आयोजक समितीका संयोजक खेम राज गुरुंग (मुन्ना)ले बताउनु भयो । प्रतियोगिताको उदघाटन खेल दिउसो ३ ३० बजे आयोजक लिस्नु फुटबल क्लब हरीयो र किड्स फुटबल क्लब हरीयो बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कुल ३२ टिमको सहभागिता रहेको क्लब तथा आयोजक समितीका कोषाध्यक्ष लिल गुरुंगले बताउनु भयो । प्रतियोगितामा बिजेताले ट्रफिका साथ नगद  ६० हजार र उप बिजेताले ट्रफि र ३० हजार नगद प्राप्त गर्ने छन् ।त्यस्तै गरी  खेल अबधी भर सर्बाधिक गोलकर्ता, अनुशासित टिम, उत्कृष्ट खेलाडी र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरी पुरस्कृत गरीने आयोजकले बताएका छन् ।

लिस्नु कप फुटबलको १३ औं सस्करणलाई यस पटक एस.आर. स्टिलले प्रायोजन गरेको छ भने सह प्रायोजकका रुपमा लक्ष्मी लाईट हाउस रहेको छ। प्रतियोगिता सम्पन्न गर्न ५ लाख ८० हजार खर्च लाग्ने र सरकारी स्तरबाट कुनै सहयोग नपाईएको आयोजकको गुनासो रहेको छ । ३२ टिमको सहभागिता रहेकाले फुटबल खेल एक महिना भरी सञ्चालन हुने आयोजकले जनाएका छन् । नक आउट आधारमा हुने प्रतियोगिताको फाईनल भाद्र १ गते हुनेछ।  बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि महिला दर्शकहरुलाई निशुल्क प्रबेशको ब्यबस्था मिलाएको क्लबले जनाएको छ।

रुपन्देहीमा निरन्तरता पाएको फुटबल प्रतियोगिता मध्ये लिस्नु कप फुटबल पनि एक हो। यो प्रतियोगिताको १२ औं सस्करणको बिजेता बुटवलको ईन्टर स्पोर्टस क्लब हो भने एघारौमा नेगोसिडा बुटवल र दशौमा पनि बुटवलकै ईन्टर स्पोर्टसले उपाधी चुमेको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget