news and more entertainment

माया जस्तो ठुलो सम्पति नहुने : अर्बपतिको चार पटक डिभोर्स

काठमाडौ, असार २९ - पैसा जसले मान्छेको जीवनलाई खुसी दिन्छ भन्ने मान्यता अधिकांशको छ । अत्यधिक सम्पत्तिको भारले मायालाई किन्न सक्दैन । यो कुरालाई कतिपय अर्बपतिको कथाले पुष्टिसमेत गर्छ । अर्बपतिको सूचीमा रहेका ८२ वर्षीय लगानीकर्ता गर्ग सोरसले हालै आफूले तेस्रो पटक विवाह गर्ने योजना सार्वजनिक गरेका छन् । यसको कारण उनको सम्पत्तिले उनकी दोस्री पत्नीलाई खुसी दिन सकेन अनि उनले डिभोर्स गर्नुपर्‍यो । यदि अर्बपतिहरूको भाग्यमानी हुन्थे भने आफ्नो सम्पत्तिका साथै पत्नीको माया पाउन सक्थे । गत वर्ष मात्र पेपल अर्बपतिले आफ्नी पत्नीसँग डिभोर्स गरे । उनले यसका लागि ४२ लाख अमेरिकी डलर (३८ करोड ६४ लाख रुपैयाँ) खर्चेका थिए । यी घटना बढी पैसा कमाएपछि आएका समस्याका उदाहरण हुन् ? सम्पत्ति धेरै भए पनि पारिवारलाई समय दिन नसक्ने र पत्नी हुँदाहुँदै अन्यसँग सम्बन्ध जोड्ने जस्ता समस्याले धेरै सम्पत्तिवालहरूको स्थायी माया रहन नसकेको देखिएको छ ।
ल्यारी इलिसन
टन्न सम्पत्ति भए पनि पारिवारिक सुख स्थायी हुन नसकेका केही अर्बपतिमा ल्यारी इलिसन पनि पर्छन् । ३६ अर्ब डलर सम्पत्तिका मालिक इलिसनले चार पटक विवाह गरेका छन् । अनि चारै पटक डिभोर्स पनि ।  ओराकल कर्पोरेसनका कार्यकारी प्रमुख इलिसनले सन् २००३ को डिसेम्बरमा आफूभन्दा २५ वर्ष कान्छी अमेरिकन 'रोमान्स नोभेलिस्ट' मेलानी क्राफ्टसँग बिहे गरेका थिए । यो विवाह सन् २०१० मा गएर डिभोर्ससँगै सकियो । पहिलो पटक सन् १९६७ मा एडा क्निनसँग गरेको विवाह सन् १९७४ मा तोडिएको थियो । एडाले जतिसुकै पैसा कमाए पनि इलिसनसँग नबस्ने निर्णय गरेको नोटेबल बायोग्राफी डट कममा उल्लेख छ । त्यसको तीन वर्षपछि उनले न्यान्सी हिवलर जेन्किनसँग बिहे गरे । उनले पैसा त कमाउँदै गए तर पत्नीलाई आफूसँग सधैंका लागि राख्न सकेनन् । उनले तेस्रो विवाह सन् १९८३ मा बारबरा बुथेसँग गरे । जो रिलेसनल सफ्टवेयरमा काम गर्थिन् । सन् १९८६ सम्म टिकेको दुईबीचको सम्बन्धबाट दुई सन्तान पनि भए । सम्बन्ध गाढा हुनुको बदला टुट्यो । त्यसपछि उनले मेलानीसँग विवाह गरेका थिए ।
रोन्द्याल्ड पेरल्मन
:सत्तरी वर्षीय अमेरिकी व्यवसायी रोनाल्डसँग १२ अर्ब डलर सम्पत्ति छ । पत्नीकै कुरा गर्ने हो भने पनि उनले पाँच पटक विवाह गरेका छन् । जसले सन् १९६५ मा फेथ गोल्डीङसँग बिहे गरे । सन् १९८४ सम्म टिकेकेा यो विवाहपछि उनले दोस्रो विवाह १९८५ मा गसिप कोलमिस्ट क्लाउडीय कोहेनसँग गरेका थिए । फेथलाई छोड्दा उनले ८० लाख डलर 'सेटलमेन्ट' बापत तिरेका थिए । क्लाउडियाको भने क्यान्सरबाट मृत्यु भएको थियो ।
त्यसपछि प्याटि्रसिया डफसँग १९९४ मा तेस्रो बिहे गरे । यो विवाह १८ महिनामै तोडिएको थियो । उनले अभिनेत्री इलेन बार्किनसँग जोडेको बैवाहिक सम्बन्ध पनि छ वर्षको अवधिमा २००६ मा टुंगियो । बायोग्राफी डट कमका अनुसार बार्किनका लागि उनले 'एलिमोनी' बापत ६ करोड डलरसम्म तिरेका थिए । यति पत्नीसँग सम्बन्ध दिगो नहुँदा पनि रोनाल्डले फेरि २०१० मा मनोचिकित्सक एना चापम्यानसँग विवाह गरे ।
रोबर्ट्द्य एडवार्ड 'टेड टर्नर'
टेड टर्नर अमेरिकी अभिनेत्री जेन फन्डा जो फिटनेस क्विनका रूपमा चिनिन्थिन् । उनैसँग बिहे गरेका कारण केही समय निकै चर्चित भएका थिए । अर्बपतिको यो विवाह पहिलो थिएन । फन्डाभन्दा पहिले उनले सन् १९६० मा जुलिया गेलसँग विवाह गरेका थिए ।  दुई वर्षमै भएको डिभोर्स पछि उनले सन् १९६४ मा जेन सिर्ले स्मिथसँग सम्बन्ध जोडे । सन् १९८८ मा उनी जेनसँग अलग्गिएका थिए । त्यसपछि १९९१ मा उनले फन्डासँग बिहे गरे पनि दस वर्षपछि सन् २००१ मा दुई अलग भए । त्यसयता उनले विवाह त गरेनन् तर केटी साथी बनाउन पनि छाडेनन् । सन् २०१२ को एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्ना चार केटी साथी भएको स्वीकार गरेका थिए । 'यसरी सम्बन्ध बनाउन गाह्रो छ तर विवाह गर्नुभन्दा सजिलो,' पियर्स मोर्गनसँगको टेलिभिजन अन्तर्वार्तामा उनले भनेका थिए । फोब्र्सका अनुसार उनको सम्पत्ति २ अर्ब अमेरिकी डलर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget