काठमाडौं, असार २८ - नक्कली नेपाली पासपोर्टमा विदेश गएर फर्कने क्रममा थुनामा परेका विदेशी नागरिकलाई प्रहरीले लाखौं रुपैयाँ ठगी गरेको खुलासा भएको छ । अध्यागमन विभागको थुनुवा कक्षको सुरक्षामा खटिएकी प्रहरी हवल्दार हेमा घलेले बर्माबाट विस्थापित बंगलादेशी नुर मोहमदलाई पुनः विदेश पठाइदिने प्रलोभनमा पारी ठगी गरेका हुन् ।
जनकपुर १३ धनुषाका श्याम सुन्दर साह तेलीको नामको पासपोर्टबाट साउदी अरब गएका मोहमदलाई त्यहाँको विमानस्थलले 'रङ आइडी फ्रम काठमाडौं' भन्दै गत माघ ११ मा फिर्ता पठाएको थियो । फागुन ३ मा ३० हजार रुपैया धरौटीमा विभागबाट छुटेका मोहम्मदलाई पुनः साउदी फिर्ता पठाइने दिने भन्दै घलेले ७ लाख ५० हजार रुपैया लिएर ठगी गरेको पाइएको विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताए । विभागका अनुसार मोहमद बर्माबाट बिस्थापित अल्पसंख्यक रोहिङगा मुसलमान हुन् । उनले तेलीको पासपोर्टमा आफनो फोटो टासेर साउदी गएका थिए । साउदीले नक्कली कागज पत्र भन्दै फिर्ता गरेका थिए । धरौटीमा छुटेपछि ति विदेसीलाई विभागबाट घलेले बुझेर राजधानीको बुढानिलकण्ठ स्थित आफ्नो घरमा राखेको अनुसन्धानबाट पत्ता लागेको छ । 'आफनो घरमा लगेर पुनः विदेश पठाई दिन्छु भन्दै घलेले उनलाई पाूच महिनासम्म घरायसी काममा लगाएछन्,'उनले भने,'मागेजति रकम दिए पनि थप डेढ लाख मागेछ । यही पैसामा विवाद भएपछि घलेले विभागमा बुझाउन ल्याउूदा ठगी गरेको खुलासा भएको हो ।' मोहमदले आफू पुनः विदेश र्फकन साउदीमा रहेका दाई मार्फत नेपालमा पैसा पठाउने गरेको विभागका अनुसन्धान अधिकृत देवषि सापकोटाले जनाकारी दिए ।
घलेले माग गरेको रकम दिदा पनि आफूलाई विदेश नपठाएपछि उनको दाईले पठाएको थप डेढ लाख दिएका थिएनन । 'पैसा नदिएको रिसमा विभागमा बिहीबार बुझाउन ल्याएकी थिइन,'सापकोटाले भने,'ति विदेसीले पैसा दिदा पनि विदेश नपठाएको हामीलाई सुनाएपछि दुवैलाई नियन्त्रणमा लिएका हौ ।' आफूले जिम्मेवारी लिएको व्यक्तिलाई पुनः विभागमा बुझाएर उम्किन खोज्दा उनी आफै फन्दामा परेकी हुन । 'आफूले लिएको पैसा पचाउने र जिम्मा लिएको व्यक्ति बुझाउने घलेको नियत देखिन्छ,' सापकोटाले भने, 'तर, उनी आफै फन्दामा परिन ।' विभागलाई सुरुमा मोहमद धुनुषाकै हो भनेर बयान दिएका थिए ।
साउदीमा प्रवेश गर्न नदिएर 'इन्ट्री रिफूज' भन्दै साउदी विमानस्थलबाट फर्काएपछि अनुसन्धानका लागि विभागमा राखेकेा थियो । विभागले पनि उनको के गल्ती हो पत्ता लगाउन सकेको थिएन । हिन्दी बोल्ने उनले आफू धनुषाकै भएको दाबी गरेका थिए । तर, नेपाली नागरिकता पेश गर्न र नेपाली भाषा बोल्न नसकेपछि विभागले धरौटी लिएर तारेखमा छाडेको सापकोटाले बताए । 'मुद्धा टुङग्याएर एकै पटक छाडदा शंकास्पद देखिएकोले तारेखमा छाडेको थियो,'उनले भने,'अहिले आएर मात्रै विदेशी भएको खुलेको हो ।'
मोहमदले प्रयोग पासपोर्टको फोटो परिवर्तन कसले गरायो भन्ने खुल्न सकेको छैन । साउदीबाट नेपाल फकाएपनि उनी कहिले गएको हो ? रेकर्ड समेत नभएको विभागले जनाएको छ । 'नेपालको विमानस्थल हुदै गएको कुनै रेडर्क छैन,'पौडेलले भने,'भारत हुदै गएको हुन सक्छ ।'
घले त्रिभुवन विमानस्थल सुरक्षा गार्ड कार्यलयमा कार्यरत छिन । घलेले आफूसंग पैसा लिएको भन्दै मोहमदले विभागमा बयान दिएका छन् । विभागले हवल्दार घलेसंग लिएको बयानमा पटक पटक गरी ४ लाख मात्रै लिएको स्वीकारेका छन् । दुवै जनालाई आवश्यक छानविन गरी ठगी मुद्धामा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको विभागले जनाएको छ । प्रहरी प्रवक्ता नवराज सिलवालले घलेले ठगि गरेको प्रमाणित भएमा स्वत निलम्बन हुने बताए ।

Post a Comment