काठमाडौँ, २७ असार। इस्लाम धर्मावलम्बीको महत्वपूर्ण महिना एवम् पर्व ‘रमजान’ आजदेखि सुरु भएको छ। सो धर्मावलम्बीले अघिल्लो दिन पश्चिमी आकाशमा चन्द्रमाको दर्शन गरेपछि सो पर्व आज सुरु भएको हो। पर्व एक महिनासम्म जारी रहन्छ। अरबी क्यालेन्डरको नवौँ महिनामा पर्ने रमजान एक महिनाको अवधिभर नै मनाइन्छ र सो महिनालाई रमजानको महिना पनि भनिन्छ।
रमजानअन्तर्गत प्रत्येक दिन सूर्योदयपछि केही पनि नखाई अल्लाहका नाममा निराहार उपासना गरी दिउँसो पवित्र ग्रन्थ ‘कुरान’ र नमाज पढ्ने, पुण्यका कार्य गर्ने र सूर्यास्तपछि खानपिन गरिन्छ। सो धर्मावलम्बीले कलमा, नमाज, रोजा, जकात र हजलाई जीवनको पवित्र विषयका रूपमा स्विकारेका छन्। घन्टाघरस्थित कास्मिरे जामे मस्जिदका धर्मगुरु मौलाना तालुकदारले मुसलमानका लागि साधनाको उपयुक्त समय रमजानको महिना भएको र यस अवधिमा दीनदुःखी तथा असहायलाई गरिने सेवा तथा सहयोगले जीवनमा पुण्य मिल्नाका साथै पारिवारिक सुखसमृद्धि प्राप्त हुने विश्वास रहेको बताउनुभयो।

Post a Comment