news and more entertainment

अब पत्ता लाग्छ फेसबुकको नक्कली अकाउन्ट

एजेन्सी)– सोसल नेटवर्किङ वेभसाइट फेसबुकका अनुसार यसमा १० करोडभन्दा बढी नक्कली अकाउन्ट रहेको बताएको छ । यो आँकडा नेपालजस्तो विकासशिल देशहरुमा बढि हुने बताइएको छ । कम्पनीको अनुमानको अनुसार, संसारभरबाट उसको पोर्टलमा ५० लाखदेखि १.५ करोड अनावश्यक अकाउन्ट बनेको छ । फेसबुकले नियामक एसइसीलाई यो सूचना दिएको हो ।
यसको अनुसार, ‘यहाँ यस्ता व्यक्ति हुनसक्छन् जसले हाम्रो सेवा र शर्तहरुको उल्लंघन गरि फेसबुकमा धेरै अकाउन्ट बनाएर राखेका हुन्छन् । ’ यस्ता नक्कली अकाउन्टका कारण कम्पनीले निकै तनाव झेल्नुपरेको छ । यसलाई थाहा पाउनका लागि कम्पनीले भरपूर प्रयास गरिरहेको छ ।
एक नयाँ मासिक रिपोर्टका अनुसार, यस्तो नक्कली अकाउन्टको संख्या भारत र तुर्कीमा अत्यधिक भएको बताइएको छ । यसका अनुसार ३१ मार्च २०१४ सम्म फेसबुकको १.२८ अर्ब एमएयु थियो जुन पछिल्लो वर्षको तुलनामा १५ प्रतिशत बढि हो । पहिलो त्रैमासिकमा यसको वृद्धिमा भारत र ब्राजिलको उपभोक्ताहरुको महत्वपूर्ण योगदान रहेको थियो ।facebook
फेसबुकमा नक्कली अकाउन्टलाई थाहा पाउन त्यति सजिलो छैन तर इजराइलस्थित एक कम्पनीले यस्तो मोबाइल एप बनाएको छ जसले फेसबुकमा नक्कली अकाउन्ट पत्ता लगाउनका लागि मद्दत गर्दछ । दुनियाँको सबैभन्दा ठूलो सोसल नेटवर्किङ वेभसाइटमा नक्कली अकाउन्ट पत्ता लगाउने दाबी गरेको यो एप ‘फेकअफ’ को नामले पेश गरिएको छ ।
यसले एक विशेष प्रकारको एल्गोरिदमको प्रयोग गरेर फेसबुक प्रोफाइललाई एकदेखि १० सम्मको नम्बर दिने गर्दछ । यो स्क्यानिंग अहिलेको समयदेखि पछिल्लो एक वर्ष (३६५दिन) सम्म चल्ने गर्दछ । एपले फेसबुक प्रोफाइलको कुनैपनि गतिविधिहरुलाई केलाउँछ र त्यसलाई नै आधार मानेर अकाउन्ट सक्कली हो कि नक्कली भन्ने पत्ता लगाउँछ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget