news and more entertainment

पारिश्रमिक नपाएपछि ‘तितो सत्य’को विकल्प खोज्दै दीपक र दीपा

dipa-and-dipak
अढाई करोड ३ वटा सिरियलको हकमा हो । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेका ३ चर्चित हाँस्य सिरियलहरु ‘तितो सत्य’, ‘जीरे खुर्सानी’ र ‘मेरी बाँस्सै’ आर्थिक रुपमा अहिले संकटमा छन् ।
उनीहरुले मिडिया हबसँग अढाई करोड पारिश्रमिक लिन बाँकी छ । तर मिडिया हब स्वयंम नै आर्थिक रुपमा टाट पल्टिएपछि सिरियलका निर्माताहरु पनि विकल्प खोज्ने सुरमा छन् ।
चर्चित हाँस्य सिरियल ‘तितो सत्य’का निर्माता तथा निर्देशक दीपकराज गिरीले आफूहरु बैकल्पिक खोजीमा लागेको बताए । दीपकले भने, ‘हामी सकेसम्म कुरा मिलाउने सोचाइमा पनि छौ । तर अब आर्थिक रुपमा कुरा मिलाउने गाह्रो छ । यसैले पनि टेलिभिजन परिवर्तन सोचाई पनि पलाएको छ ।’
अनौपचारिक रुपमा कान्तिपुर टेलिभिजनबाट ‘तितो सत्य’ प्रशारण गर्ने कुरा पनि भैरहेको उनले बताए । ‘टीआरपी रेटिङ सबैभन्दा उच्च भएको कार्यक्रमले नै रकम नपाउनु दुखद हो, हाम्रो कार्यक्रमबाट उठेको रकम अन्त लगानी गरेपछि के गर्नु’, दीपकले भने । उनले आफूहरुले नाम, दाम कमाएको नै ‘तितो सत्य’बाट बताउँदै आजसम्म साथ दिदै आएको संस्था नै टाट पल्टेकाले उसँग कुनै गुनासो नरहेको बताए ।
मिडिया हब ‘मेरी बाँस्सै’को निर्माता हो भने अन्य २ हाँस्य सिरियलसँग भने सहकार्य गर्दै आएको छ । पारिश्रमिक नपाएपछि यी सिरियलहरु पुन प्रशारण हुँदै आएका छन् । ‘मेरी बाँस्सै’का चर्चित कलाकारद्धय केदार घिमिरे र विल्सन विक्रम राइले सिरियल छोडिसकेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget