news and more entertainment

गायक एवं अभिनेता डेनीका छोरा पनि बलिउडमा आउने


नेपाली चलचित्रमा अभिनय गरेका र विभिन्न चर्चित नेपाली गीत गाएका बलिउड अभिनेता डेनी डेनजोम्पाका पुत्र रिञ्जिङ पनि बलिउड चलचित्रमा आउन चाहेको बताएका छन् । तर रिञ्जिङ पिता जस्तो भिलेनकोरुपमा नभइ हिरोकोरुपमा बलिउडमा आउन चाहन्छन् ।


पिताकै जस्तो अभिनयमा आउन चाहेको बताउने रिञ्जिङले आफू मूख्य भूमिकामा देखिन चाहेको बताएका हुन् । डेनीले विभिन्न हिन्दी चलचित्रमा खुंखार खलनायकको भूमिका गरेका छन् ।


बलिउडमा आफ्ना आमा बाबुको बाटो पच्छ्याएर अभिनयमा प्रवेश गर्ने चलन नयाँ होइन । यस अघि विभिन्न कलाकारका छोरा छोरीहरु बलिउडमा अभिनयमै मस्त छन् ।

हालै मात्र ज्याकी श्राफका छोरा टाइगर श्राफले हिरो पन्ती भन्ने चलचित्रमा अभिनय गरेर बलिउडमा प्रवेश गरेका छन् ।

रिञ्जिङले आफू र टाइगर नजिकको साथी भएको र आफू पनि बलिउडमा प्रवेश गर्न चाहेको बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget