news and more entertainment

सेक्सका लागि उत्तेजित पारेर ब्लू फिल्म बनाउँदै ब्ल्याकमेल गर्दथिन् यी नायिका

बैंगलोर (एजेन्सी)– दक्षिण भारतको थपै्र फिल्ममा काम गरिसकेकी र अहिले टेलिसिरियलसँग जोडिएकी अभिनेत्री नयाना कृष्णालाई धनी पुरुषहरुलाई फसाएर उनीहरुलाई ब्ल्याकमेल गरि मोटो रकम असुल्ने गरेको आरोप लागेको छ । यसै आरोपमा पुलिसले उनलाई पक्राउ गरेपनि उनी पुलिसको पञ्जाबाट फुस्किन सफल भइन् । यो घटनामा पुलिसले तीनजना मानिसहरुलाई पक्राउ गरेको छ र नयानाको पक्राउका लागि सम्भावित ठाउँहरुमा खोजतलास जारी राखेको छ । यो पुरै घटनामा अचम्मको कुरा के छ भने यो काण्डमा नायनासँग दुईजना पुलिस र केहि न्यूज च्यानलका मानिसहरुको पनि संलग्नता पाइएको छ ।

 प्राप्त जानकारीका अनुसार उक्त घटनाको खुलासा त्यतिबेला भयो जब एक डाक्टरले पुलिसलाई नयानाले उनलाई ब्ल्याकमेल गरिरहेको उजुरी दिए । एक स्थानिय न्यूज च्यानलमा भिडियो सम्पादकको रुपमा काम गर्ने हेमन्त कुमार र अर्का न्यूज च्यानलका ट्रान्सपोर्ट कोओर्डिनेटर सुनिल कुमार, पुलिस कन्सटेबल मलेश र रघुसँगको सहकार्यमा नयानाले मानिसहरुलाई ब्ल्याकमेल गर्दै आएकी बताइएको छ । मलेश, हेमन्त र सुनिललाई पुलिसले पक्राउ गरिसकेको जानकारीमा उल्लेख छ । पुलिसले बताए अनुसार घटना १६ जुनको हो जब यी मानिसहरुले ६८ वर्षीय चिकित्सकको क्लिनिकमा नयानालाई पठाए ।

 चिकित्सकले बताए कि नयानाले उनलाई सेक्सको लागि उत्तेजित गराइन् र पूरै दृश्यलाई रेकर्ड गरिन् । उक्त घटना भएको दुई दिनपछि फोन आयो जसमा आरोपीले उनीसँग एक करोड मागिन् । पैसा नदिएको खण्डमा उक्त भिडियो टिभि च्यानलमार्फत सार्वजनिक गरिने धम्कीसमेत दिइयो । मलेशले एक करोडलाई कम गरेर २५ लाख रुपैयाँमा झारिदिएको बताइएको छ । आरोपीहरुलाई एक लाख रपैँया दिइसकेपछि डाक्टरले पुलिसलाई यो घटनाको जानकारी दिएको पुलिसले बताए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget