news and more entertainment

अल्मुनियमको खम्बा छाती छेंडेर पछाडीबाट निस्कियो (तस्विर सहित

चीनको हेनान प्रान्तमा सोमबार भयानक दुर्घटना हुन पुग्यो । त्यहाँ रहेको एक आल्मुनियमको खम्बा भाँचियो र कार चलाइरहेका झाङ नामका ब्यक्तिको छातीमा रोपियो । खम्बाले छाती छेंडेर अर्को पट्टी निस्किएपछी उनको अवस्था कस्तो भयो होला तपाइँ आफै कल्पना गर्नchina accidentchina accident 2china accident 1 सक्नु हुन्छ ।

दुर्घटनाको समयमा तिव्र वर्षा भैरहेको थियो । तिव्रगतिमा रहेको झाङको कार एक्कासी सडक छेउँको खम्बामा ठोक्किन पुग्यो । कारकै ठक्करले खम्बा भाँचियो र उनको शरीरमथि खस्यो । उक्त खम्बा उनको छातीमा रोपियो र अर्को भागबाट निस्कियो ।

उनको काँधमा गम्भिर चोट लागेको छ भने मुटु भने सुरक्षित रहेको बताइएको छ । उनलाई बाटो हिँड्नेहरुले हतार हतार अस्पताल पुर्‍याएका थिए ।

चिकित्सकहरुले उनको शरीरमा गडेको आल्मुनियमको खम्बा निकाल्नका लागि निरन्तर शल्यक्रिया गरिरहेका छन् ।


केही दिन यता चीनको हेनाहन र ग्वाङडाङ प्रान्तमा आँधीवेरी सहितको वर्षात भैरहेको छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget