दुर्घटनाको समयमा तिव्र वर्षा भैरहेको थियो । तिव्रगतिमा रहेको झाङको कार एक्कासी सडक छेउँको खम्बामा ठोक्किन पुग्यो । कारकै ठक्करले खम्बा भाँचियो र उनको शरीरमथि खस्यो । उक्त खम्बा उनको छातीमा रोपियो र अर्को भागबाट निस्कियो ।
उनको काँधमा गम्भिर चोट लागेको छ भने मुटु भने सुरक्षित रहेको बताइएको छ । उनलाई बाटो हिँड्नेहरुले हतार हतार अस्पताल पुर्याएका थिए ।
चिकित्सकहरुले उनको शरीरमा गडेको आल्मुनियमको खम्बा निकाल्नका लागि निरन्तर शल्यक्रिया गरिरहेका छन् ।
केही दिन यता चीनको हेनाहन र ग्वाङडाङ प्रान्तमा आँधीवेरी सहितको वर्षात भैरहेको छ । भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस
Post a Comment