काँकडभिट्टा, असार २८ - नेपाल प्रहरीका निरञ्जन श्रेष्ठ राष्ट्रव्यापी र्याङकिङ महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा बिहीबार प्रवेश गरेका छन् । उनले ५९ किलो तौलमा सुनसरीका अमृत लिम्बूलाई हराए । ५२ किलो तौल समूहमा प्रहरीकै सुदेश मानन्धरले काठमाडौंका शक्ति लामालाई निराश पारे । एपीएफका कविन्द्र महर्जन र युकेश नगरकोटीले क्रमशः उदयपुरका नारायण भुजेल र प्रहरी 'बी' का नरेन्द्र देशारलाई पछि पारे ।
त्यस्तै ५६ किलो समूहमा सेनाका उमेश तामाङले मोरङका दुशेन्त राजवंशी तथा कमल खड्का (काठमाडौं) ले उदयपुरका सुजन राईलाई हराए । ४९ किलोमा काठमाडांैकै सुशील थापाले धनकुटाका दिलु राईलाई र रोल्पाका नरेन्द्र गुरुङले झापाका राजु राजवंशीलाई नकआउट गरे । यस्तै १४ बाउटको प्रतिस्पर्धाअन्तर्गत ४९ किलो तौल समूहमा ५ खेल, ५२ किलो र ५६ किलो तौल समूहमा ३/३ खेल र ६० किलो तौलमा ३ खेल भए । बक्सिङका रेफ्री ओम मास्केका अनुसार शुक्रबार विभिन्न तौल समूहमा १९ बाउटमा खेल हुँदैछन् । पूर्वेली युवा क्लब, झापाले प्रतियोगिता आयोजना गरेको हो । यो प्रतियोगिता ३७ वर्षपछि आयोजना भएको हो । प्रतियोगिताको उद्घाटन पुराना बक्सर सुरेशसिंह आलेमगरले गरे ।
प्रतियोगितामा राष्ट्रिय च्याम्पियन दीपक महर्जन, दिनेश श्रेष्ठ, सुधेश मानन्धर, सरस्वती राई, अनुराधा लामा र सञ्जु लामा लगायतका खेलाडीको सहभागिता छ । प्रतियोगितामा आयोजक झापासहित विभागीय टोलीहरू सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी, रोल्पा, उदयपुर, कैलाली, कञ्चनपुर, ललितपुरको टीकाथली, धनकुटा, नवलपरासी, सुनसरी, धनुषा, काठमाडौं र मोरङलगायतका १५ टोलीले सहभागिता जनाएका छन् । विभिन्न इभेन्टमा पुरुषतर्फ लाइट फाइटदेखि सुपर हेभीसम्म १० र महिलातर्फ लाइट फाइटदेखि लाइट वेटसम्म ५ इभेन्टमा स्पर्धा हुने रेफ्री मास्केले जानकारी दिए ।

Post a Comment